मन्त्री चौधरीको अध्यक्षतामा युवा दिवस मूल समारोह समिति गठन
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार २२:२१:५३
१७ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन गरिएको छ । आज युवा तथा खेलकुद मन्त्रालयमा बसेको बैठकले दिवस मनाउनुका लागि उनको अध्यक्षतामा तीन सय ७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । यस बर्षको अन्तर्राष्ट्रिय युवा दिवस आगामी साउन २८ गते मनाइँदैछ ।
उनका अनुसार समितिको सदस्यमा मन्त्रालय सम्बद्ध निकायका कार्यकारी प्रमुख, संयुक्त राष्ट्र सङ्घको नेपालस्थित कार्यालयका प्रतिनिधि, प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सबै प्रदेश युवा परिषद्का उपाध्यक्ष, युवाअन्तर्गत सङ्घसंस्थाका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्, युवा स्वरोजगार कोष र नेपाल स्काउटलगायत छन् । परिषदका कार्यकारी उपाध्यक्षले बस्नेतले युवा दिवस साताव्यापी रुपमा मनाइने बताए ।
उनका अनुसार साताभरि युवा नेतृत्व विकास तथा युवा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया, गोष्ठी, रक्तदान, वृक्षारोपण कार्यक्रम गरिने छ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसँग विपक्षीको गुनासो, दल मिल्नुपर्ने बेलामा विभाजन गर्नतिर लागे प्रधानमन्त्री
कात्तिक ७, २०८१ बुधबार
भ्रष्टाचार कानुन अनुसार नियन्त्रण हुन्छ, सहकारी ठगविरुद्धको कारबाही रोकिँदैनः प्रधानमन्त्री
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कात्तिक ७, २०८१ बुधबार
न्यायाधीश तिलप्रसाद श्रेष्ठको आदेशपछि जग्गा दानबारे एमालेविरुद्ध सर्वोच्चमा दर्ता भयो रिट
कात्तिक ७, २०८१ बुधबार
नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने
कात्तिक ७, २०८१ बुधबार
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने टिमको घोषणा
कात्तिक ७, २०८१ बुधबार
भारतविरुद्ध पहिलो हाफमा बंगलादेश ३-१ ले अगाडी
कात्तिक ७, २०८१ बुधबार
संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने, वार्षिक एक अर्ब जोगिने
कात्तिक ७, २०८१ बुधबार
राष्ट्रपतिसँग विपक्षीको गुनासो, दल मिल्नुपर्ने बेलामा विभाजन गर्नतिर लागे प्रधानमन्त्री
कात्तिक ७, २०८१ बुधबार
लुम्बिनीमा तीन मन्त्री थपिए
कात्तिक ७, २०८१ बुधबार