माओवादीमा खटपटः प्रचण्डबाट अलग हुने मनस्थितिमा नारायणकाजी
केदार भट्टराई (काका)
साउन १८, २०८१ शुक्रबार १२:५७:११
१८ साउन, काठमाडौं । सत्ता विछोडपछि पार्टी सुदृढीकरणको अभियान चलाउने तयारीमा जुटेको नेकपा माओवादी केन्द्रमा भित्रभित्रै आन्तरिक कलहले तीब्र रुप लिएको छ । पार्टीभित्रको असन्तुष्टि कुन तहमा पुगेको छ भन्ने कुराको उदाहरण त उपमहासचिव हरिबोल गजुरेलले पनि देखाइसकेका छन् । उनले पार्टीमा सुधार ल्याउने हो भने सामूहिक राजीनामाको विकल्प छैन भन्दै पदबाट राजीनामा दिइएका छन् । उनको यो राजीनामा अर्थपूर्ण देखिएको छ ।
पार्टी अध्यक्ष प्रचण्ड पार्टीको आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्न भएका सबै कमिटीहरू भंग गर्ने तयारीमा पुगेका छन् । महासचिव देव गुरुङप्रति एउटा समूह असन्तुष्ट छ । नेता जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत बीचको हानथापको फाइदा उठाउने तरखरमा छन वर्षमान पुन । माओवादीभित्र अहिले यी सबै गुटगत सम्बन्धका समस्या भन्दा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सबै भन्दा समस्याका रुपमा देखा परेका छन् । अध्यक्ष प्रचण्डभन्दा मुनिका नेता श्रेष्ठको विपक्षमा भइरहेका बेला प्रचण्डसँग पनि सम्बन्ध बिग्रिएको छ ।
माओवादीका एक नेताले दिएको जानकारी अनुसार नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउँदै माओवादी भित्र असन्तुष्टि थियो । जनार्दन शर्मा र शक्ति बस्नेत आफै जान चाहन्थे । तर, प्रचण्डले उनीहरुको कुरा नसुनेर श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्री बनाए । पार्टीको एकसरो असन्तुष्टि मिलाउन हरिबोल गजुरेललाई राजनीतिक सल्लाहकार दिएर प्रचण्डले थामथुम बनाउन खोजेका थिए । त्यो पनि धेरै दिन टिकेन । राजनीतिक सल्लाहकारबाट गजुरेल राजीनामा दिएर हिँडे । एकवर्ष पछि एमालेसँग सत्ता सहकार्य गर्दा श्रेष्ठलाई मन्त्री बनाउन नहुने चर्को दवावका बीच प्रचण्डले परराष्ट्रमन्त्री बनाए । परराष्ट्र मन्त्रालयमा जानुपर्दा श्रेष्ठ आफै खुशी भएनन् ।
यो एक वर्षको अन्तरालमा श्रेष्ठको गृह र परराष्ट्रको आउजाउ राप्रपाबाहेकका कुनै पनि नेतालाई मन नपरेको ति नेताले बताए । यतिखेर प्रचण्ड र श्रेष्ठको सम्बन्ध निकै जटिल अवस्थामा पुगेको छ । प्रचण्डले आफूहरूलाई माइनस गरेर सशस्त्र विद्रोहमा समेत भूमिका नभएका श्रेष्ठलाई किन च्यापिरहेका छन भन्ने दोस्रो र तेस्रो तहका नेताले भनिरहेका छन भने श्रेष्ठसँग प्रचण्डको राजनीतिबाहेक आर्थिक सम्बन्धको पक्ष पनि बिग्रिएको छ । यसैले प्रचण्ड र श्रेष्ठको सम्बन्ध एक भएर बस्न नसक्ने अवस्थामा पुगे पनि बाहिर छताछुल्ल भने भएको छैन ।
श्रेष्ठले यसअघि पनि माओवादी छोड्ने धम्की दिएका थिए । प्रचण्डले नै उनलाई थामथुम बनाएर ल्याएका हुन् । सरकारबाट बाहिरिएपछि अहिले उनको प्रचण्डसँग भेटघाट भएको छैन । श्रेष्ठ पुरानो एकता केन्द्रलाई पुनर्गठन गर्ने तयारीमा पुगेको बताइन्छ । श्रेष्ठ माओवादीमा आउनुअघि नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) मा थिए । नेकपा (एकता केन्द्र) को गठन २०४७ असार ३ मा बनेको थियो । प्रचण्डभन्दा डा. बाबुराम र अहिले एमालेमा रहेका रामबहादुर थापासँग श्रेष्ठ सम्बन्ध बढाउँदै लगेको नेताहरूको भनाइ छ ।
यही सेरोफेरोमा पार्टी पुगेकाले अध्यक्ष प्रचण्ड माओवादीका सबै कमिटी भंग गर्ने मनस्थितिमा पुगेका हुन् । उनले विशेष महाधिवेशन आयोजक कमिटी बनाएर जाने तयारी गरेका छन् । २०७९ माघ २५ गते माओवादीले २२ सदस्यीय पदाधिकारी घोषणा गरेको थियो । जसमा एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, ६ उमहासचिव, नौ सचिव र एक कोषाध्यक्ष थिए । यसअघि असन्तुष्ट समूहले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा पार्टीबाट विद्रोह गर्ने तयारी पनि थालेको थियो । त्यो समूह अहिले बल्झने खतरा देखेर प्रचण्डले सबै कमिटी भंग गर्न लागेको बताइन्छ ।
नेताका अनुसार अध्यक्ष प्रचण्ड अहिले राजनीतिक प्रतिवेदन लेखनमा जुटेका छन् । महासचिव गुरुङले संगठन सञ्चालन गर्न नसक्ने आवाज पनि पार्टीभित्र उठिरहेको छ । केही नेताहरूले कांग्रेस र एमालेजस्ता बलिया संगठन भएका पार्टीसँग मुकाबिला गर्न जानकार र प्रभावशाली महासचिव हुनुपर्ने भन्दै अध्यक्ष प्रचण्डलाई घच्घच्याइ रहेका छन् । यसमा पनि नारायणकाजीले खेल्ने प्रचण्डलाई डर छ । यसैले महाधिवेशन गरेको ३ वर्ष र पदाधिकारी चयन भएको २ वर्ष पनि नपुग्दै ती कमिटी विघटन गर्ने निष्कर्षमा प्रचण्ड पुगेका हुन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
माघ २, २०८१ बुधबार
खोटाङमा सत्तरी वर्षमाथिका पत्रकारले पेन्सन पाउने
माघ २, २०८१ बुधबार