तीन मन्त्रालय आफूसँगै राखेर लुम्बिनीका मुख्यमन्त्री आचार्यले दिए ८ मन्त्रीलाई जिम्मेवारी
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार १४:१४:३७
१८ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीहरूको जिम्मेवारी तोकेका छन् । यसक्रममा उनले तीन मन्त्रालय आफैंमा राखेका छन् । उनले गत साउन ९ गते नेकपा एमालेबाट ४ र नेपाली कांग्रेसबाट ४ गरी ८ जना मन्त्री नियुक्त गरेका थिए ।
उनीहरू कसैको पनि जिम्मेवारी तोकिएको थिएन । शुक्रबार मन्त्रिपरिषदका सदस्यहरूको कार्य विभाजन भएको हो । जस अनुसार, भौतिक पूर्वाधार विकास मन्त्रीमा भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा सीता शर्मा चौधरीले जिम्मेवारी पाएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्रीमा धनेन्द्र कार्की, शहरी विकास तथा खानेपानी मन्त्रीमा सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा प्रचण्ड विक्रम न्यौपानेले जिम्मेवारी पाएका छन् । सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्रीले आफैँसँग राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी पन्ती कोइराला अदालतमा हाजिर
पुष २४, २०८१ बुधबार
बजार खुल्नासाथ नेप्सेमा १ करोड ३६ लाखमाथिको शेयर कारोबार
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार