हात्ती परिचालन गरी बाघ नियन्त्रणमा
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार १५:३३:४१
१८ साउन, कञ्चनपुर । कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ । दोधारा चाँदनी नगरपालिका–२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको हो । बिहीबार बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा बाघले दोधारा चाँदनी–२ की २३ वर्षीया हिरा शाहमाथि आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
बिहीबारदेखि नै बाघलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि आज मात्र सम्भव भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए । “बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौँ,” उनले भने । बिहीबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले बाघलाई उखुबारीमै पहरा दिएका थिए । बाघलाई नियन्त्रणमा लिन पाँचवटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको संरक्षण अधिकृत ऐरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार