विश्वासको मत नमागी सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए पदबाट राजीनामा
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार १७:२५:१९
१८ साउन, धनगढी । विश्वासको मत नपाउने अवस्थामा आइपुगेका सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् । शुक्रबार प्रदेश सभामा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।
मुख्यमन्त्री सोडारीको अनुरोधमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठकको कार्यसूची निर्धारण गरेको थियो । तर सोडारीले मन्तव्यका क्रममा विश्वासको मत विभाजनमा जानु पूर्व नै मार्ग प्रशस्त गर्न राजीनामा दिएको घोषणा गरे ।
नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी (रंजिता श्रेष्ठ समूह) र एक जना स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले करिब एक सय दिन सरकारमा बस्दा निकै उतारचढावको सामना गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार