राज्यमन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन, मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्नू
नेपालबहस संवाददाता
साउन १८, २०८१ शुक्रबार १७:५१:५७
१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नवनियुक्त तीन राज्यमन्त्रीको सपथ ग्रहण समारोहमा बधाई तथा शुभकामना दिदै प्रधानमन्त्री ओलीले राज्यमन्त्रीमो मूख्य काम सम्बन्धीत मन्त्रीहरुलाई सहयोग गर्ने भएकाले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न सुझाव दिए ।
प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्ने विषयमा ध्यान दिन आग्रह गरे । अहिलेको विषम परिस्थितिलाई अनुकूलस्थितितर्फ लैजानका लागि आफूहरु प्रयत्नरत रहेको बताउदैँ प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीलाई गलत मान्छेहरुको संगत र उनीहरुको प्रलोभनमा नपर्न सचेत गराए ।
उनले राज्यमन्त्रीहरुले मन्त्रालयसँग सम्बन्धित सबै विषयमा विस्तृत अध्ययन गरेर सूचनाको भण्डारकका रुपमा रहन र मन्त्रीहरुलाई सहयोग गर्न पनि आग्रह गरे । यसैगरी प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारणले खतरा हुने भएकोले भण्डारणलाई अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई निर्देशन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार