रोमाञ्चक खेलमा श्रीलंकाले भारतलाई जितबाट रोक्यो, खेल बराबरीमा टुंगियो
नेपालबहस संवाददाता
साउन १९, २०८१ शनिबार ७:२५:१४
१९ साउन, काठमाडौं । भारत र श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको छ । शुक्रबार सम्पन्न भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको हो । श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछाएको भारतले ४७.५ ओभरमा अल आउट हुँदै २३० रन नै बनाएपछि खेल टाई भएको हो । जितको नजिक पुगेको भारतले ४८ ओभरका पछिल्ला दुई बलमा २ विकेट गुमाएपछि खेल टाई भएको हो ।
भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाएका थिए भने अक्सर पटेलले ३३, केएल राहुलले ३१, शिभम दुवेले २५, विराट कोहलीले २४ र श्रेयस अय्यरले २३ रनको योगदान दिएका थिए । त्यस्तै श्रीलंकाका बलर वानिन्दु हसरंगा र चरिथ असलंकाले ३-३ विकेट लिए भने दुनिथ वेल्लालागेले २ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको थियो । श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्वाधिक ६७ रन बनाएका थिए भने पाथुम निसान्काले ५६ रन बनाएका थिए । त्यस्तै वानिन्दु हसरंगाले २४, जनिथ लियानागेले २० रन बनाएका थिए । त्यसैगरी अकिला धनन्जयले १७ तथा कुसल मेन्डिस र कप्तान चरिथ असलंकाले १४-१४ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज, शिभम दुवे, कुलदीप यादव र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए । यो खेल टाई भएपछि अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
एनपीएलको आजको पहिलो खेलमा काठमाडौं र चितवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार