गुरूदेव कामतलाई मधेश विभूति घोषणाका लागि दवाव
नेपालबहस संवाददाता
साउन १९, २०८१ शनिबार २१:४१:२९
१९ साउन, जनकपुरधाम । राष्ट्रिय एकता अभियानले स्व. गुरूदेव कामतलाई मधेश विभूति घोषणाको माग गर्दै जनकपुरधाममा दवाव कार्यक्रम सम्पन्न गरेको छ। अभियानका नेता मनीष पुर्बे र पंकज झाको नेतृत्वमा भएको कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका प्रमुख रामभरोस कापडीले गुरूदेव कामतको अपमान गरेको भन्दै सहभागीहरूले कापडीको पुत्ला दहन गरेका थिए।
कार्यक्रममा सहभागीहरूले गुरूदेव कामतलाई प्रदेश विभूति घोषणा गर, गुरुदेव कामतको अपमान कार्य बन्द गर, राम भरोस कापडी राजीनामा दे, मधेस प्रज्ञा प्रतिस्ठान मुर्दावाद र मधेस सरकार मुर्दावाद जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरे।
नेता मनीष पुर्बेले गुरूदेव कामतले मधेशका लागि कला र सङीतको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनको सम्मान गर्न प्रदेश सरकारले उनलाई विभूति घोषणा गर्नुपर्ने माग गरे।कार्यक्रममा सहभागीहरूले रामभरोस कापडीले गुरूदेव कामतको योगदानको अवमूल्यन गरेको आरोप लगाउँदै यस प्रकारको गतिविधिले मधेशको गौरवलाई ठेस पुर्याएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार