सेनाले लियो बंगलादेशको सत्ता: अन्तरिम सरकार बनाउने घोषणा, हसिनाको सरकारी निवासमा लुटपाट
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १६:१०:४५
२२ साउन, काठमाडौं । बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । बंगालदेशका सेना प्रमुख जनरल वाकर उज जमानले स्थानीय समयअनुसार सोमबार दिउँसो ३ बजेतिर देशका नाममा सम्बोधन गरेका छन् । उनले अन्तिरिम सरकारमा सहभागि हुने आह्वान गरेका छन् । बंगलादेशको सत्ता अब सेनाको हातमा पुगेको छ ।
सेनाले सबै तिर नियन्त्रणमा लिइरहेको छ । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको हो । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह पनि गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले भने मुलुक छाडेकी छिन् ।
हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छाडेकी हुन् । यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भिड जम्मा भएको जानकारी दिएको हो ।
सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले ढाकामा प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा लुटपाट गरेका छन् । प्रदर्शनकारीहरूले कुर्सी र सोफा बोकेको फुटेज देखिएका छन् । राजधानी ढाकामा प्रधानमन्त्री हसिनाको सरकारी निवासमा प्रदर्शनकारीले लुटपाट गरिरहेको दृश्य अहिले फुटेजमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।
केही प्रदर्शनकारीले गणभवन निवासबाट कुर्सी सोफा बोकेर लगेको जस्तो देखिन्छ । उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ । आइतबारदेखि बंगलादेशमा पुनः आन्दोलन चर्किएको हो । केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुनः चर्किएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार