चलचित्र ‘बुलाकी’ मा कर्णालीको संस्कार र संस्कृति छः उपसभापति खड्का
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार १९:१८:३४
२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली चलचित्र ‘बुलाकी’ मा कर्णालीको संस्कार र संस्कृति समेटिएको बताएका छन् । आज यहाँ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा ‘बुलाकी’ को श्रव्यदृश्य (ट्रेलर) र गीत सार्वजनिक कार्यक्रममा उपसभापति खड्काले कर्णालीको सौन्दर्यतालाई चलचित्रको माध्यमले विश्वभर पुर्याउन निर्माता तथा निर्देशकलाई आग्रह गरे ।
“आज यहाँ श्रव्यदृश्य हेरेपछि कलाकारको मेहनत र चयन गरिएको विषयका लागि धन्यवाद भन्न चाहन्छु । कर्णालीमा बुलाकी मूल गहनाको रूपमा लगाउने प्रचलन नै छ । यसमा त्यहाँको संस्कृति र सभ्यतालाई समेटिएको छ । यसले एउटा महिलाको माध्यमले राम्रो कथा भनेको आभास भयो”, उपसभापति खड्काले भने । आयोजित कार्यक्रममा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री सुरक्षा पन्तले आफ्नो लागि कर्णालीको पात्र पहिलो अनुभव रहेको बताए ।
उनले भने, “यसमा मैले हिरा नामक पात्रको भूमिका निर्वाह गरेकी छु । चलचित्रमा निःसन्तान हुँदा महिलाले भोग्नुपर्ने सास्ती र जारी प्रथाको विषय जोडिएको छ । यो कर्णालीको पृष्ठभूमिमा तयार गरिएको कथा भएता पनि हरेक क्षेत्र वा वर्गका महिलाले आफ्नोपन महसुस गर्नुहुनेछ ।” आफ्नो पात्रलाई जीवन्त बनाउने अभिनेत्री पन्तले हिरा नामक पात्रको तयारी कर्णालीमै पुगेर गरेको थियो । स्थानीय भाषा, लवजसँगै भेषभूषा र मनोविज्ञान बुझ्न आफू स्थानीयसँग घुलमिल भएको उनले सुनाए ।
चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले पुनःसम्पादन गरेर प्रदर्शन गर्न लागेको बताए । चलचित्रमा अभिनेत्री पन्तसँगै नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार