बंगलादेशको घटनाले नेपालमा सुरक्षा सतर्कता बढाइयो, सीमा नाकामा कडाइ
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार २१:३७:३५
२१ साउन, काठमाडौं । बंगलादेशमा भएको पछिल्लो राजनीतिक घट्नाको नेपालमा पर्न सक्ने प्रभावबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । आन्दोलन चर्किएर प्रधानमन्त्री शेख हसिनाले देश छाडेको घटनाबारे छलफल गर्न सोमबार साँझ गृह मन्त्रालयमा बसेको समितिको बैठकमा बंगलादेशको आन्दोलनको असर नेपालमा पनि पर्नसक्ने आकलन गर्दै सीमा नाकामा कडाइ गर्ने र सुरक्षा सतर्कता बढाउने बारे छलफल भएको एक उच्च अधिकृतले बताए ।
योसँगै कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका सीमा नाकामा कडाइ गरिएको छ भने अन्य नाकामा पनि शंकास्पदहरुको निगरानी गर्न सर्कुलर गरिएको छ । प्रदर्शनमा लक्षित समूह, भारतमा बस्ने बंगालीहरु र रोहिंगाहरु भारतको बाटो हुँदै नेपालमा आउने सक्ने भएकाले सुरक्षा सतर्कता अपनाउन भनिएको छ । बैठकमा गृहमन्त्री रमेश लेखक, सचिव एकनारायण अर्याल, आइजीपी वसन्त कुँवर, सशस्त्रका आईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षमताभन्दा तेब्बर कैदीबन्दी पुगेपछि व्यवस्थापनमा कठिनाइ
मंसिर २, २०८१ आइतबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार