चार जिल्लामा फैलियो हैजा, ३० जनामा संक्रमण पुष्टि
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार २०:१०:२७
२२ साउन, काठमाडौं । देशका चार जिल्लामा हैजाका बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर, कैलाली र प्यूठानमा हैजाका बिरामी देखिएको बताए । उनकानुसार यी चार जिल्लामा ३० जनामा हैजा पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हैजा परीक्षण गराउँदा ललितपुरमा १९, काठमाडौँमा एक, कैलालीमा आठ र प्यूठानमा दुई जनामा हैजा पुष्टि भएको हो ।
हैजा अतिसङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले यसका मुख्य लक्षणमा चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । सङ्क्रमणले गम्भीर अवस्थामा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ पहेलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनेजस्ता समस्या हुने गरेका चिकित्सकले जनाएका छन् ।
हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपु¥याए ५० प्रतिशत मृत्यु हुने सम्भावना हुने भएकाले सतर्कता अपनाउने र झिँगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुला स्थानका खाद्यपदार्थ नखान, पानी उमालेर वा क्लोरिन प्रयोग गरेरमात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन महाशाखाले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको एचपिभी खोप दिइने
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार