बाढीपहिरो लगायत विपदमा परी आज एकैदिन ११ जनाको मृत्यु
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार २०:३०:१७
२२ साउन, काठमाडौं । विपद्का घटनामा परी आज देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ । योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको छ । हिजोसम्म एक सय ५४ जनाको मृत्यु भएको थियो ।
आज बागलुङ र गुल्मीमा बढी मानवीय क्षति भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबाहादुर कार्कीले जानकारी दिए । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५०, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विपद्मा परी आजसम्म एक सय ९८ जना घाइते भएका छन् भने एक सय ५१ जना बेपत्ता भएका छन् । प्रहरी प्रवक्ता कार्कीले आज मात्रै थप चार जना बेपत्ता भएका जानकारी दिए । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय ५९ घर परिवार विस्थापित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार