गण्डकीमा भारी वर्षा : नौ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार २१:७:३८
२२ साउन, गण्डकी । जल तथा मौसम विज्ञान विभागले मंगलबार र बुधबार हुने भारी वर्षाका कारण गण्डकी प्रदेशका नौ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यहाँका सर्वसाधारणदेखि सरोकार भएका निकायलाई उच्च सतकर्ता अपनाउन आग्रह गरेको छ ।
मंगलबार विशेष सूचना जारी गर्दै प्राधिकरणले कास्की, बागलुङ, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, नवलपुर, स्याङ्जा र तनहुँ वर्षाको उच्च जोखिममा रहेको जनाएको छ । प्राधिकरणले उच्च जोखिममा रहेका जिल्लामा रातको समयमा यात्रा गर्दा जोखिम निम्तन सक्ने हुँदा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।
विपद्को जोखिममा रहेका सर्वसाधारणलाई जिल्ला र स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिको समन्वयमा सुरक्षित आश्रयस्थलमा सार्न प्राधिकरणले सूचित गरेको छ । भारी वर्षा हुनसक्ने जिल्लामा जुनसुकै बेला विपद् आउन सक्ने जनाउँदै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन भनिएको छ । भारी वर्षा भइरहेका बेला अत्यावश्यक नपरी यात्रा नगर्न तथा नदी किनार र पहिराेको जाेखिममा रहेका बासिन्दालाई विशेष सतर्कता अपाउन प्राधिकरणले अनुरोध गरेको छ ।
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि वर्षाले निम्ताउने विपद्बाट जोगिन विशेष सावधानी र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । भारी वर्षापछि बागलुङको बडिगाड गाउँपालिका–२ र दसमा मंगलबार खसेको पहिराेमा परी आठ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । पहिराेमा परी दस जना घाइते भएको प्रहरीले जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
घट्यो सुनको मूल्यः हिजो १ लाख ६७ हजार थियो, आज तोलाको १ लाख ५१ हजारमा कारोबार
मंसिर १०, २०८१ सोमबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार