प्रकाशशरण महतलगायतका सांसदलाई शेयरबजारका विषयमा जथाभावी नबोल्न चेतावनी
नेपालबहस संवाददाता
साउन २३, २०८१ बुधबार १४:२१:३०
२३ साउन, काठमाडौं । शेयरबजारका लगानीकर्ताले सांसदहरूलाई जथाभावी नबोल्न चेतावनी दिएका छन् । मंगलबारको संसद बैठकमा नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका पूर्व अर्थमन्त्री प्रकाशशरण महत, स्वतन्त्र सांसद अमेरश कुमार सिंह लगायतले शेयरबजारका विषयमा टिप्पणी गरेका थिए । उनीहरुको टिप्पणीले लगानीकर्ता विच्किएको र बजार घटेको भन्दै नबोल्न चेतावनी दिइएको हो ।
विज्ञप्ति जारी गर्दै नेपाल धितो पत्र लगानीकर्ता संघ, जनरल इन्भेष्टर एसोसियसन, नेपाल शेयर धनी संघ, साधारण लगानीकर्ता संघ नेपाल र साधारण लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै सांसदको अभिव्यक्तिको खण्डन गरेका छन् । उनीहरुले ३२०० को बिन्दुबाट १८०० सम्म बजार आइपुग्दा कोही नबोल्ने तर, बजार बढेको अवस्थामा अनावश्यक कुरा बोलेर बजार बिगार्ने काम भएको बताएका छन् ।
२५ खर्बभन्दा बढी गुमाएर लगानीकर्ता अहिले बजारमा केही करेक्सन आएको बेला कसैको प्रभावमा सांसद प्रकाश शरण महत, अमरेश कुमार सिंह, राजन दाहाल लगायतले सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही नराम्रो टिप्पणी गर्दा बजार विग्रीएको उनीहरुको ठहर छ ।
पुँजी बजारको सम्बन्धमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट जथाभाबी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गर्न लगानीकर्ताले माग गरेका छन् । नियामक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरू माथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकोले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल उपर गराइदिन लगानीकर्ताहरूले माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार