मन्त्री पदले लुम्बिनी कांग्रेसका विवाद, प्रमुख सचेतक तिमिल्सिनाले दिए पदबाट राजीनामा
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार ११:१२:६
२५ साउन, बुटवल । मन्त्री भागबण्डले लुम्बिनी कांग्रेसमा विवाद देखिएको छ । लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिएपछि मन्त्री पदले कांग्रेसमा असन्तुष्टि सिर्जना गरेको नेताहरूले बताएका छन् । तर, तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको भनेका छन् ।
उनले प्रमुख सचेतक नियुक्त हुँदा धेरै समय दिन नसकेको भन्दै कार्यव्यस्तताको कारण देखाएका छन् । उनी निकट नेताहरूको भने मन्त्री पद नपाउँदाको असन्तुष्टिका कारण उनले राजीनामा दिएको बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्ड विक्रम न्यौपाने, प्युठानका रोज राणा भनिने सरोज थापा र बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् ।
कांग्रेसको भागमा परेको आन्तरिक मामिला मन्त्रालयमा पार्टीले अझै कसैलाई पठाउन सकेको छैन । सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिएको थियो । अन्तिममा मन्त्री बन्ने सूचीबाट उनको नाम हटाइएपछि उनी रुष्ट बनेका थिए ।
केही दिन मोबाइल स्वीचअफ गरेर बसेका तिमिल्सेनाले गत साउन २१ गते नै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा दिएका थिए । उनले प्रमुख सचेतकले पाउने गाडी सुविधा पनि २१ गते नै प्रदेश सभामा बुझाइसकेका थिए । तर चौधरीले प्रदेश सभालाई जानकारी नगराएकाले यो विषय ढिलो मात्र सार्वजनिक भएको हो ।
चौधरीले तिमिल्सिनालाई १३ फागुन २०७९मा प्रमुख सचेतक नियुक्त गरेका थिए । बर्दिया २ (क) बाट निर्वाचित तिमिल्सिना कांग्रेसभित्र संस्थापन पक्षका हुन् । तिमिल्सिना पार्टीको केन्द्रीय संगठन विभाग सदस्य एवं महासमिति सदस्य हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार