आजदेखि बलाधिकृत रथी सिग्देलको कमाण्डमा नेपाली सेना, बिदामा गए शर्मा
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार १२:२५:३६
२५ साउन, काठमाडौं । आज शुक्रबारदेखि नेपाली सेनाको कमान्ड बलाधिकृत रथी अशोकराज सिग्देलले सम्हालेका छन् । मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलबाट साउन २५ गतेबाट कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी पाएका थिए ।
प्रधानसेनापति प्रभुराम शर्मा आज साउन २५ गतेबाट बिदामा बसेका छन् । प्रधानसेनापतिले अवकास पाउनु एक महिना अघिबाट बिदामा बस्ने सैन्य अभ्यास अनुसार शर्मा शुक्रबारबाट बिदामा बसेका हुन् । प्रधानसेनापति शर्माले भदौ २४ गतेबाट अवकास पाउनेछन् ।
प्रधानसेनापति शर्माको तीन वर्षे कार्यकाल २०८१ भदौ २४ गते सकिनेछ । पूर्णचन्द्र थापाले अवकास पाएपछि शर्मा नेपाली सेनाको प्रधानसेनापति भएका थिए । शर्माले २०७८ भदौ २५ गतेबाट प्रधानसेनापतिको जिम्मेवारी सम्मालेका थिए । प्रधानसेनापति शर्माको तीन वर्षे कार्यकालमा विशेष उल्लेख्य कुनै काम देखिएन । दुई–चार वटा कार्यक्रम तथा भवनको उद्घाटन र केही देशको भ्रमणमै उनको कार्यकाल बित्यो ।
सिग्देललाई बिहीबार प्रधानसेनापति महारथी प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक समारोहकाबीच प्रधान सेनापतिको कार्यभार बरबुझारथ गरेका थिए । सो अवसरमा शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
नेपाल भारतबीचको संयुक्त सैनिक अभ्यास सम्पन्न
पुष २९, २०८१ सोमबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
बाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
रामचरणको गेम चेञ्जरलाई टक्कर दिँदै अघि बढ्यो बालकृष्णको ‘डाकु महाराज’
माघ २, २०८१ बुधबार
सिवाईसी नेपाल लघुवित्तको स्थगित साधारण सभा माघ १२ गते बस्ने
माघ २, २०८१ बुधबार