कर्णाली प्रदेश योजना आयोगको सदस्यमा सामाजिक अभियन्ता अशोक नाथ योगी नियुक्त
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार ९:३२:२
२७ साउन, कालिकोट । कर्णाली प्रदेश योजना आयोगको सदस्यमा रास्कोट नगरपालिका ३ का अशोक नाथ योगी नियुक्त भएका छन । बिगत ३ दशक लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आएका योगी प्रदेश योजना आयोगको सदस्य पदमा नियुक्त भएका हुन ।
कर्णाली प्रदेशको समग्र विकासका लागि र कर्णालीवासीको जिवनस्तर उकासेर "समृद्ध कर्णाली र सुखारी कर्णालीबासी"को नारालाई पूर्णता दिने योजना निर्माण गर्ने मुख्य दायित्वमा योगी पुगेका छन । सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालका संस्थापक अध्यक्ष समेत रहेका योगीले विगतमा सन १९९८ देखि विभिन्न क्षेत्रबाट सामाजिक परिवर्तनमा योगदान पुगाएका थिए ।
नेपाली कांग्रेसका युवा नेता केन्द्रीय सूचना, संचार तथा प्रचार प्रसार विभागका केन्द्रीय सदस्य र लोकतान्त्रिक गैह्र सरकारी संस्था महासंघको केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १ दर्जन भन्दा बढी संजालमा रहेर काम गरेको अनुभव बटुलेका योगीको क्षमता र योग्यताको अनि योगदानको कदर गर्दै कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।
कर्णाली प्रदेशलाई विकासको नवीन मोडेल तिर लैजान, दीर्घकालिन योजना निर्माण देखि सुशासन कायम गर्नका लागि उनले महत्वपूर्ण भुमिका निर्वाह गर्ने सबैको अपेक्षा छ । उनले विभिन्न क्षेत्रमा काम गरेका अनुभवको आधारमा पनि प्रदेश योजना आयोगको सदस्य पदमा रहेर कर्णाली प्रदेशको विकासमा ठूलो भुमिका खेल्ने आम नागरिकहरूको अपेक्षा रहेको छ ।
उनले विकास निर्माण सँगै सुशासन स्थापना, सामाजिक विकृति विसंगतिको अन्त्य, कमिसनमा आउने योजना अन्त्य गरि कर्णालीवासीको जिवनस्तर उकास्ने कुरामा ध्यान दिन समेत आग्रह गरेका छन । योगीले कोही कसैको प्रलोभन र दवावमा नपरी समग्र कर्णालीवासीको जिवनस्तर उकास्ने तर्फ आफू लाग्ने बताएका छन ।
कर्णाली प्रदेशका नागरिकहरूको जिवनस्तर आफूले राम्रो सँग बुझेको भन्दै कर्णालीको दिगो विकासको आधार तयार गरिने बताए । उनले सुशासनको प्रत्याभूति हुने गरि समय सापेक्ष नीति बनाइने बताए । कर्णालीको समस्या मात्र बेच्ने अनि अप्ठ्यारो देखाएर उम्किने प्रवृत्तिको अन्त्य गर्दै अब सम्भावना नै सम्भावना बोकेको कर्णालीमा विकास गर्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदलित सशक्तिकरण विधेयक छिट्टै पारित हुन्छः मुख्यमन्त्री कँडेल
पुष २, २०८१ मंगलबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार