राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : डा कोइराला
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार १८:२८:१९
२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा कुलप्रसाद कोइरालाद्वारा लिखित ‘आफ्नो बाटो, आफ्नै पाइला’ आत्मवृत्तान्त र ‘एक्काको जोडा एक्का’ कथासङ्ग्रहको आज विमोचन गर्दै उनले मुलुकमा राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताए । संविधान संशोधन गर्दा संविधानको मर्मलाई भने बिर्सन नहुने डा कोइरालाको भनाइ थियो ।
“निर्वाचन प्रणाली परिवर्तन गर्दा संविधानले व्याख्या गरेजस्तो सबै जातजातिको प्रतिनिधित्व हुनुपर्छ, संविधानमा भएको आरक्षणको सिटलाई सुनिश्चित गराउनुपर्छ तर एक पार्टीको बहुमत कसरी आउँछ भन्ने कुरालाई ख्याल गरेर संशोधन गर्नुपर्ने आवश्यकता छ”, उनले भने । प्रतिनिधिसभा सांसद डा कोइरालाले अहिलेको अवस्थामा सबै दललाई साथमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।
यसैगरी उनले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सम्पूर्ण ध्यान केन्द्रीत गर्न सरकारलाई आग्रह गरे । बङ्गलादेशको घटनाले आमनेपालीलाई चिन्तित बनाएको उल्लेख गर्दै डा कोइरालाले नेपालमा पनि जनआक्रोस बढ्न नदिन जनभावनाअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याए । “राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि कांग्रेस–एमाले गठबन्धन निर्माण भएको छ ।
अब पनि जनआकाङ्क्षाअनुसार काम गर्न सकिएन भने निराशा र जनआक्रोस बढ्नसक्छ । यसर्थ अहिलेको सरकारले प्राप्त अवसर र विश्वास गुम्न दिनुहुँदैन”, उनले भने । नयाँ कृति प्रकाशन गरेकामा प्रा डा कोइरालालाई उनले बधाई तथा शुभकामना समेत दिए । पुस्तकका लेखक प्रा डा कोइरालाले जीवनमा भोगेका भोगाइ र गरेका कामलाई पुस्तकमार्फत आम पाठकमाझ प्रस्तुत गरेको बताए ।
उनले अर्को वर्ष थप दुई पुस्तक प्रकाशनमा ल्याउने तयारी रहेको जानकारी दिए । दुई पुस्तकमाथि चर्चा गर्नुहुँदै प्राध्यापक पुरुषोत्तम दाहाल र कलानिधी दाहालले प्रा डा कोइरालाको कृतिभित्र जीवनको यात्रा सुरूदेखि हालसम्मको अवस्थालाई चित्रण गरिएको बताए । प्रा डा कोइराला आफ्नो काममा निरन्तर लाग्ने व्यक्ति भएको उनहरूको भनाइ थियो ।
प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालका अध्यक्ष जगत तिमल्सिना, त्रिभुवन विश्वविद्यालय रत्नराज्य लक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवाली, प्रजातान्त्रिक विचार समाजका पूर्वअध्यक्ष डा केदारनरसिंह केसी, त्रिचन्द्र क्याम्पसकी प्राध्यापक उषा अधिकारीलगायतले प्रा डा कोइरालाको कृतिले नेपाली भाषा र साहित्यको क्षेत्रमा नयाँ इँटा थपिएको बताएका थिए । उनीहरूले मानिस मरेर गए पनि सिर्जना कहिल्यै नमर्ने भएकाले अझ थप कृति ल्याउन शुभकामना दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
मंसिर १८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १८, २०८१ मंगलबार
आजको मौसमः उच्च पहाडी तथा हिमाली भू भागमा हिमपात हुने
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार