ललितपुरमा खोलाले बगाएर एकजनाको मृत्यु
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार १९:१७:३१
२८ साउन, काठमाडौं । ललितपुरको कोन्जोसोम गाउँपालिका–३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर आज एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–१ दलचोकी बस्ने काभ्रेको पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे दुई वर्षीया प्रिन्सिका भण्डारी रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले खोलाले बगाएर आइतबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा रूखको हाँगामा अड्किएको अवस्थामा आज शव फेला परेको जानकारी दिए । काठमाडौँ महानगरपालिका–६ बौद्ध चुच्चेपाटी ढुङ्गेधारा डेरा गरी बस्ने बैतडी दशरथ चन्द नगरपालिका–४ घर भएका २४ वर्षीय नवीनसिंह बोहरा आफ्नै कोठामा मृत फेला परेका पनि प्रहरीले आज जानकारी दिएको छ । आइतबार मृत भेटिएका उनको विषयमा आवश्यक अनुसन्धान थालिएको पनि कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
मंसिर १२, २०८१ बुधबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार
गोलभेडा खेतीमा कीटनाशक औषधि छर्किदै किसान
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार