मनसुनजन्य घटनाबाट एक सय ७० जनाको मृत्यु, सबैभन्दा बढी गण्डकी प्रभावित
नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार १७:३४:४१
२९ साउन, काठमाडौं । मनसुनजन्य विपद्बाट पछिल्लो दुई महिनामा एक सय ७० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि यही साउन २४ गतेसम्म विभिन्न विपद्का घटनामा परी ४४ जना बेपत्ता तथा एक सय ९५ जना घाइते भएका छन् ।
मनसुनजन्य विपद्ले सबैभन्दा बढी गण्डकी प्रदेशमा ५४ जनाको मृत्यु भएको छ । सबैभन्दा कम मधेस प्रदेशमा तीन जनाको मृत्यु भएको छ ।
गतवर्ष सोही अवधिको तुलनामा यसवर्ष मनसुनजन्य घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गतवर्ष सोही अवधिमा ७२ जनाको मृत्यु, २८ बेपत्ता र एक सय जना घाइते भएका थिए ।
यसवर्षको मनसुनजन्य विपद्बाट दुई हजार नौ सय ९८ घरपरिवार प्रभावित भएका छन् । विपद्बाट एक सय ९७ निजी घर पूर्ण र एक सय ७० घरमा आंशिक क्षति पुगेको छ । यस्तै तीन सरकारी कार्यालय र पाँच पक्की पुल, १५ झोलुङ्गे पुल तथा एक जलविद्युत् आयोजनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
दुई महिनाको अवधिमा बाढीका एक सय ६९, पहिराका तीन सय ३६, भारी वर्षाका दुई सय २८ र चट्याङका ८८ गरी आठ सय ४८ विपद्का घटना भएका छन् । बाढीबाट ३६ को मृत्यु, पाँच बेपत्ता र २४ घाइते भएका छन् । पहिरामा परी एक सय नौ जनाको मृत्यु, ३९ बेपत्ता र ९६ घाइते, भारी वर्षाबाट एकको मृत्यु र २० घाइते तथा चट्याङबाट २४ को मृत्यु र ५५ जना घाइते भएका छन् ।
सो अवधिमा आगलागी, हावाहुरी, जनावर आक्रमण, वन डढेलो, लोक लाग्नु र सर्पदंशलगायत अन्य विपद्का चार सय ७१ घटना भएका प्राधिकरणले जनाएको छ । ती घटनामा परी १९ जनाको मृत्यु भएको छ ।
यस अवधिमा देशभर एक सय ७१.७ मिलिमिटर वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्ष औषतभन्दा बढी पानी पर्ने अनुमान गरेको थियो । गत जेठ २८ गतेदेखि नेपालमा मनसुन प्रवेश भएको थियो । यसवर्ष कञ्चनपुरको चाँदनी दोधारामा अहिलेसम्मकै बढी वर्षा भएको थियो । जलमापनको ७७ वर्षको इतिहासमा कञ्चनपुरमा सबैभन्दा धेरै छ सय २४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
बाढी पहिराेमा परी घाइते भएका २३ जनालाई हवाई उद्धार तथा उच्च जोखिममा रहेका एक हजार दुई सय २७ जनालाई जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ । नेपाल प्रहरीका आठ हजार दुई सय ५२, सशस्त्र प्रहरी बलबाट पाँच हजार आठ सय १७ र नेपाली सेनाबाट चार हजार सात सय आठ गरी १८ हजार सात सय ७७ सुरक्षाकर्मी खोज, राहत तथा उद्धारमा संलग्न भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार