भिनिसियसलाई साउदी लिगबाट बम्पर अफर !
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १०:५१:५८
३० साउन, काठमाडौं । हाल स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलिरहेका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई साउदी प्रो लिगले बम्पर अफर गरेको छ ।
मिडिया रिपोर्टका अनुसार साउदी लिगका चार क्लबमा लगानी भएको साउदी पब्लिक इन्भेस्टमेन्ट फण्डले भिनिसियसलाई पाँच बर्षमा एक बिलियन युरो दिने प्रस्ताव गरेको छ । जुन उनले हाल रियल म्याड्रिडमा पाइरहेको पारिश्रमिक भन्दा १३ गुणा बढी भएको बताइएको छ । भिनिसियस र उनका एजेण्टलाई सो प्रस्ताव दिइसकेको रिपोर्टमा दाबि गरिएको छ । आर्थिक प्रस्ताव बाहेक उनलाई अन्य आकर्षक प्रस्ताव समेत दिइएको छ ।
भिनिसियसको साउदी जाने हल्लाका बीच रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले भने यो हल्ला निराधार रहेको बताएका छन् । उनले यो अनुमान भन्दा अरु केही नभएको दाबि गरेका छन् । प्रशिक्षक एन्सेलोटीले भिनिसियस रियल म्याड्रिडमै रहन चाहेको स्पष्ट गर्दै यस्ता अनुमानले उनलाई कुनै असर नगर्ने बताए ।
२४ बर्षिय भिनिसियसले रियल म्याड्रिडमा ६ सिजन खेलिसकेका छन् । उनले अहिलेसम्म २६४ खेल खेल्दै ८३ गोल समेत गरेका छन् । उनले रियल म्याड्रिडबाट अहिलेसम्म १२ ट्रफी समेत जितेका छन्, जसमा दुई च्याम्पियन्स लिग उपाधि समावेश छन् ।
साउदी प्रो लिगले स्टार खेलाडीहरुलाई ठुलो रकम अफर गरेको यो पहिलो पटक भने होइन । यस अघि नेइमार, करिम बेन्जमा, क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीलाई लिगमा भित्र्याएको छ ।
रोनाल्डो अहिले साउदी लिगमा धेरै पारिश्रमिक पाउने खेलाडी हुन् । उनले अहिले प्रति बर्ष करिब २०० मिलियन युरो पारिश्रमिक पाउँछन् । साउदी लिगमा रोनाल्डोको सम्झौता लामो नभएका कारण अब अर्को सुपरस्टारको खोजी भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी भिड्दै
पुष २९, २०८१ सोमबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
माघ २, २०८१ बुधबार
खोटाङमा सत्तरी वर्षमाथिका पत्रकारले पेन्सन पाउने
माघ २, २०८१ बुधबार