स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष विरुद्ध पक्राउ पुर्जी
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १२:७:१२
प्रकाश डोटेल
३० साउन , स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवरलाई पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम अपचलन गरेको अभियोग लागेपछि अनुसन्धानका लागि कुँवर सहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला सदरमुकाममा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लि. को बिरुवा सेवा केन्द्रबाट रकम अपचलन गरेको आरोपमा उनीहरुलाई पक्राउ पुर्जी जारी भएको छ । रकम अपचलन भएको घटना बाहिरिएपछि सहकारीको आन्तरिक अनुसन्धानमा ३ करोड ६६ लाख रुपैयाँ अपचलन भएको भेटिएको स्रोतले दाबी छ ।
पक्राउ पुर्जी जारी हुनेमा कुँवर सहित सहकारीका बिरुवा सेवा केन्द्रका तत्कालीन सचिव हालका अध्यक्ष तारेन्द्र बहादुर के.सी. र मुक्तिनाथ विकास बैंक बिरुवा शाखाका कस्टमर सर्भिस विभागमा कार्यरत कर्मचारी सन्ध्या भण्डारी रहेका छन् ।
प्रहरी अनुसन्धानमा सहकारीको बिरुवा सेवा केन्द्र प्रमुख जीवन वाग्लेले २०७४ देखि सहकारीमा भएको रकम अपचलन घटनामा गाउँपालिकाका अध्यक्ष कुँवर सहितका व्यक्ति संलग्न रहेको बताएपछि उनीहरुलाई पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष कुँवरले २०७४ को स्थानीय निर्वाचनका समयमा कागजात बिना रकम लगेर अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । स्थानीय सर्वसाधारणबाट सहकारीमा संकलित मोटो रकम अपचलन भएपछि सूर्योदय सहकारीकै प्रबन्धक ध्रुव नारायण श्रेष्ठ समेतको जाहेरीमा उनीहरुलाई पक्राउ पुर्जी जारी भएको प्रहरीको भनाई छ ।
पार्टीका नेताले पैसा लग्ने, सेवा केन्द्र प्रमुख जीवन वाग्लेले बैकिङ् स्टेटमेन्ट ईडिटिङ् गरेर मिलाउने र मुक्तिनाथ बैंककी कर्मचारी भण्डारी मार्फत स्टेटमेन्ट प्रमाणित गर्ने गरेको खुलेको छ । आम सर्वसाधारणको रकम अपचलन गर्नेलाई कडा कारबाही गर्न सहकारीका बचतकर्ताले आग्रह गरेका छन् ।
पालिकाका अध्यक्ष कुँवर र सहकारी सेवा केन्द्रका अध्यक्ष के.सी. का नातेदार हुन् भने सेवा केन्द्र प्रमुख एमालेकै कार्यकर्ता हुन् । २०७४ को स्थानीय निर्वाचन कुँवर एमाले पार्टीबाट गाउँपालिकाको अध्यक्ष बनेका हुन् । लामो समय शिक्षण पेसामा आबद्ध भएका अध्यक्ष कुँवर शिक्षण पेशा छाडेर राजनीतिमा आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
थुनछेक बहस नसकिएका कारण रवि लामिछाने केही दिन प्रहरी हिरासतमा रहने
पुष २९, २०८१ सोमबार
रविको थुनछेकमा सरकारी वकिलको बहस सकियो, जाहेरवालाबाट भण्डारी र त्रिपाठीको सुरु
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार