ताप्लेजुङमा पहिरोले दुई घर बगायोे
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार २०:१०:३९
३० साउन, ताप्लेजुङ । गएराति गएको पहिराले फक्ताङ्लुङ गाउँपालिका–६ मा दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए । पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिराले बगाएको हो । उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको वडाध्यक्ष शेर्पाले बताए ।
होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहनुभएकी उहाँकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ । “साँझदेखि नै पानी पर्न सुरू भएको थियो, राति करिब २ बजेपछि पहिराले दुई घर बग्यो, घरमा कोही नभएकाले मानवीय क्षति भने भएन । घुन्सा खोलाको ८१ मिटर लामो पुलसमेत बगाएपछि ओहोरदोहोरमा समस्या छ, यसको विकल्प खोजी रहेका छौँ”, वडाध्यक्ष शेर्पाले भने ।
पुल बगेकाले ओहोरदोहोरमा हुने समस्या समाधानका लागि तत्कालका लागि तुइन व्यवस्थापन गर्ने वा कुनै विकल्प गर्ने भन्ने बारेमा गाउँपालिकासँग समन्वय भइरहेको बताइएको छ । यही पुल भएर कञ्चनजङ्गा आधार शिविर जाने पदमार्ग पुग्ने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थलगत रिपोर्टः स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग खुल्यो, सामान बोकेका कन्टेनर गुड्न थाले
असोज १५, २०८१ मंगलबार
बाँदर, बदेल र दुम्सीले उठिबास भएको भन्दै नियन्त्रणका लागि ध्यानाकर्षण
असोज १५, २०८१ मंगलबार
रिहा भएपछि दुर्गा प्रसाईंले भने- एक थोपा रगत हुन्जेल लड्छु
असोज १५, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
स्थलगत रिपोर्टः स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग खुल्यो, सामान बोकेका कन्टेनर गुड्न थाले
असोज १५, २०८१ मंगलबार
सरकारले भन्यो– लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित छन्
असोज १५, २०८१ मंगलबार
बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार
असोज १५, २०८१ मंगलबार
क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै, टिममा दुई परिवर्तन
असोज १५, २०८१ मंगलबार
एभरेष्ट महिला भलिबल लिग: चितवनमाथि काठमाडौं ३–१ सेटले विजयी
असोज १५, २०८१ मंगलबार
सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्री यादवको निर्देशन
असोज १५, २०८१ मंगलबार