एमपोक्सका विषयमा विज्ञसहितको बैठक गर्दै डब्ल्यूएचओ
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार २२:३१:५३
३० साउन, जेनेभा । विश्व स्वास्थ्य सङ्गठन 'डब्ल्यूएचओ' ले अफ्रिकामा मन्कीपक्स 'एमपक्स' को वृद्धिलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने निर्णय गर्न बुधबार विज्ञहरूको बैठक गरेको छ ।
प्रकोप बढेसँगै अफ्रिकी सङ्घले आफ्नो क्षेत्रमा सार्वजनिक स्वास्थ्य आपतकालिन घोषणा गरेपछि १६ अन्तर्राष्ट्रिय विज्ञहरूको भेला भएको छ ।
एमपक्स प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा व्यापक फैलिएको छ, जहाँ पहिले मन्कीपक्स भनिने भाइरस पहिलो पटक सन् १९७० मा मानिसमा फेला परेको थियो । त्यहीबाट अन्य देशहरूमा फैलिएका छ ।
डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले यस वर्ष कङ्गोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केसहरू र ५२४ जनाको मृत्यु भएको जनाएको छ । साथै, यो रोगले ज्वरो, मांसपेशी दुख्ने र ठूलो फोका जस्तै छालाको घाउ निम्त्याउँछ ।
यो रोग नियन्त्रणका लागि डब्ल्यूएचओ विशेषज्ञहरूले दुईवटा खोपहरू सिफारिस गरेका छन् ।
(((
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
तिब्बतममा भूकम्पपछि ६४६ परकम्पन
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार