चितवनको धानबालीमा रोगको समस्या
नेपालबहस संवाददाता
साउन ३१, २०८१ बिहिबार १२:५३:३
३१ साउन, चितवन । पूर्वी चितवनको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको हो । कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानका अनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व (जिङ्क)को कमी देखिएको छ ।
यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उनले जानकारी दिए। यसलाई रोक्नका लागि सेरामिन जिङ्क भन्ने खाद्यतत्व प्रयोग गर्न उनले कृषकलाई सुझाव दिए । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सकिने अधिकृत चौहानले बताए ।
उनका अनुसार सो क्षेत्रको धानमा एमोनियम सल्फेक्टको प्रयोग बढी भएको देखिएको छ । पूर्वी चितवनमा गरिएको अवलोकनका क्रममा तीन प्रतिशत धानमा फल्फर टक्सीसिटी देखा परेको उनले बताए । यस समस्या वर्षात्सँगै समाधान हुँदै जाने उनले बताए । धानबालीमा भन्दा पनि अन्य बालिमा यसको प्रयोग गरेको र सो को असर अहिले देखिएको अधिकृत चौहानले बताए । उनले भने, “एमोनियम सल्फेक्टको प्रयोग कम गर्ने गर्दा आत्तिनुपर्ने अवस्था छैन ।”
भरतपुर महानगरपालिका क्षेत्रमा लगाइएको धानमा पोटासको खाद्यतत्वको कमी र गवारो देखिएको छ । उहाँका अनुसार कार्यालयमा दैनिक चारदेखि पाँच वटासम्म समस्या आउने गरेको र ती सबै पोटासको कमी र गवारोको समस्या रहेका छन् । उनले भने, “पोटासको कमीका कारण जरा राम्रोसँग विकास नहुने, पात डढ्नेलगायतका समस्या देखापर्ने गरेको छ ।” धान रोपेको एक महिनामा नै समस्या देखिन थालेपछि उत्पादनमा कमी आउने आकलन कार्यालयले गरेको छ । अहिले समस्या देखिएका उन्नत जातका बीउ ९हाइब्रिड० लगाइएको स्थानमा भएको चौहानले जानकारी दिए ।
जिल्लामा खेतीयोग्य जमिन ४६ हजार ४९४ हेक्टर क्षेत्रफल रहेको र २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यसमध्ये अहिले शतप्रतिशत रोपाइँ सकिएको उहाँले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार