४३ दशमलव शुन्य पाँच अङ्कले उकालो लागेको शेयरबजारमा आज ३० अर्बको कारोबार
नेपालबहस संवाददाता
साउन ३१, २०८१ बिहिबार १५:४५:४६
३१ साउन, काठमाडौं । धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शुन्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक १६ दशमलव शून्य एक अङ्कले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ । कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर रु २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मुल्यमा कारोबार भयो ।
नेप्सेका अनुसार, बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक नौ दशमलव ६४ र एनएमबी बैंकका लगानीकर्ताले नौ दशमलव ४२ प्रतिशतले कमाएका छन् ।
यस्तै, नेपाल फाइनान्स १०, विन्दबासिनी हाइड्रोपावर सात दशमलव २२, सुभम पावर सात दशमलव १०, मिड सोलु हाइड्रोपावर ६ दशमलव २८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६८ प्रतिशतले गुमाएका छन् ।
नेप्सेका अनुसार, बैकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् लगानी, सामूहिक लगानी कोष निर्जीवन बीमा र व्यापार उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार
मुख्य सचिवको २, सचिवको ३ र अतिरिक्त सचिवको ४ वर्ष कार्यकाल राख्न लोकसेवाको प्रस्ताव
पुष १९, २०८१ शुक्रबार
धौलागिरी हिमाल र आसपास क्षेत्र
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार