फिल्म ‘१२ गाउँ’को टिजरमा अभिनेता विराज र समीर एक्सन अवतारमा प्रस्तुत
नेपालबहस संवाददाता
साउन ३२, २०८१ शुक्रबार १५:२:८
आगामी असोज २४ गते अर्थात् दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘१२ गाउँ’को एक्सन प्रधान टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक १ मिनेट २१ सेकेण्ड लम्बाईको टिजरमा अभिनेता विराज भट्ट र उनका छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत भएका छन् ।
अभिनेता विराज भट्ट र उनका छोरा समीरले यही फिल्मबाट डेब्यु गरेका हुन् । लामो समय भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका उनलाई अबको एक्सन स्टारको रुपमा हेर्न थालिएको छ । अब उनले फिल्म ‘बलिदान’मा काम गर्दैछन् ।
विराज स्वयंको निर्देशन रहेको ‘१२ गाउँ’मा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, तारा शर्मा, शुलेमान शंकर ९इकु०, किशोर भट्ट, सन्तोष सरकार, स्टन्ट सिल्भा ९साउथ फिल्मका चर्चित कलाकार० लगायतको पनि अभिनय रहेको छ ।
यसमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । फिल्ममा साउथका स्टन्ट सिल्भाको द्वन्द्व निर्देशन छ । उनलाई शंकर महर्जनले सघाएका छन् । महेश पौडेलले यो फिल्मलाई खिचेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
'कार्साङ'को कलाकार टिम माघ २ गते हलहलमा जाने
माघ १, २०८१ मंगलबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार