पाकिस्तानमा भेटियो मंकीपक्स संक्रमणको पहिलो केस
नेपालबहस संवाददाता
साउन ३२, २०८१ शुक्रबार १५:१६:२१
३२ साउन, काठमाडौं । पाकिस्तानमा मंकीपक्स संक्रमणको पहिलो केस भेटिएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मंकीपक्सबाट संक्रमित व्यक्ति खैबर-पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन् जो खाडी देशबाट स्वदेश फर्किएका हुन् ।
सङ्क्रमित व्यक्ति कसको सम्पर्कमा आएका थिए भन्ने पत्ता लाग्ने र व्यक्तिको नमूनासमेत लिने काम भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
पाकिस्तानी स्वास्थ्य मन्त्रालयले बिहीबार मंकीपक्स बारे एक चेतावनी जारी गर्दै, एयरपोर्ट र त्यस्ता सबै ट्रान्जिट पोइन्टहरूमा कडा स्क्रीनिंग भइरहेको बताएको थियो । यसैबीच पाकिस्तानका प्रधानमन्त्रीका स्वास्थ्य संयोजक डा मुख्तार अहमदले सरकारी अस्पतालहरूलाई सावधानी अपनाउन निर्देशन दिइएको बताएका छन् ।
यसअघि अफ्रिका बाहिर पहिलो पटक स्वीडेनमा एमपोक्सको पहिलो केस देखिएको थियो । स्वीडेनको एजेन्सीले संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपोक्स भएको जनाएको छ ।
अफ्रिकाका केही भागहरूमा फैलिएको मंकीपक्स रोगका कारण विश्व स्वास्थ्य संगठनले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्ल्यूएचओले मंकीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रूपमा उल्लेख गरेको छ ।
मंकीपक्स एक संक्रामक रोग हो, जसले अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीको ज्यान लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई मन्त्रालयले कारबाही गर्ने
पुष २४, २०८१ बुधबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार