सोलुखुम्बुको थामे खोलाको बाढीमा फसेका ६ जनाको उद्धार, ६ वटा घर बगायो
नेपालबहस संवाददाता
साउन ३२, २०८१ शुक्रबार १७:४३:१७
३२ साउन, काठमाडौं । बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेमा १२ घरसहित स्कुल र क्लिनिकमा क्षति पुगेको छ । बाढीमा एक स्थानीय बेपत्ता भएका छन् । पासाङल्हमु गाउँपालिका–५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण उच्च जोखिममा परेका ६ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
एक्कासि पसेको भीषण बाढीले अहिलेसम्म एउटा विद्यालयको छात्रावास र केही होटल सहितका ६ वटा घर बगाएको छ । होटलहरू बगाउँदा पनि अहिलेसम्म मानवीय क्षति भएको अप्रिय खबर छैन। बर्खाको समयमा त्यो क्षेत्रका होटल र घरहरूमा धेरै मान्छे नबस्ने भएकै कारण ठूलो क्षतिबाट जोगिएको त्यहाँका जनप्रतिनिधिहरूले बताएका छन।
शुक्रबार दिउँसोबाट बाढी आएर बस्तीमा क्षति गरेपनि केहीबेर अघि मात्रै सुरक्षाकर्मीहरु पुगेका छन् । बाढी प्रभावितको खोज तथा उद्धारका लागि केहीबेर अघिदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्य प्रहरीहरु परिचालन गरिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार घटनास्थलमा पुगेको सेनाको टोलीले बाढीको उच्च जोखिममा रहेका ६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
घटनास्थलमा सुरक्षाकर्मी पुगेर खोज तथा उद्धारमा खटिएको छ । प्रवक्ता केसीले बाढीको बहाव कम हुनेक्रममा रहेको बताए । बाढीले थामेका १२ घरसहित स्कुल र क्लिनिकमा क्षति गरेको छ । मानवीय क्षतिबारे भने विवरण यकिन भइसकेको छैन । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामेका १२ घर (होटलसहित) बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए ।
उनका अनुसार स्थानीय एक जना बाढीमा बेपत्ता भएका छन् । दिउँसोको घटना भएकाले अन्य मानवीय क्षति भने हुन पाएन । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासी पानीको बहाव बढ्दा थामे १२ घर (होटलसहित) बगाएको हो । थामे खोलको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए । सिंगो थामेमा बाढी पसेको हुनाले उक्त क्षेत्रका ७ वटा घर अझै जोखिम पूर्ण अवस्थामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर भूकम्पको धक्का
पुष १८, २०८१ बिहिबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार