रक्षामन्त्री मानवीर राईसहितको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
नेपालबहस संवाददाता
भदौ १, २०८१ शनिबार ९:१३:३४
१ भदौ, काठमाडौं । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ । त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पु¥याएको छ ।
बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ । रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिए । बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् । बाढीबाट क्षति भएसँगै नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ ।
बाढीले प्रभावित बस्तीभन्दा केही तल रहेको पक्की पुलमा क्षति पु¥याएको छ । प्रभावित स्थान थ्री पास जाने मार्गमा रहेको पर्यटकीय क्षेत्र हो । त्यसक्षेत्रमा चौँरीपालन र होटल व्यवसाय हुँदै आएको छ । राष्ट्रियसभा सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले प्रभावित क्षेत्र नाम्चेबाट करिब सात किलोमिटरको दूरीमा ‘थ्री पास’ मार्गमा रहको बस्ती भएको जानकारी दिए । उनले भने, “त्यो सगरमाथा आरोहण गर्ने बाटोभन्दा केही टाढाको दूरीमा छ । प्रभावित क्षेत्रको विद्युत् गृहमा क्षति पुगेकाले अहिले बिजुली नहुँदा दूरसञ्चार सेवा प्रवाहमा असर परेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार