प्रचण्डले खोले जनार्दन शर्माले माओवादी पार्टी विभाजन गराउन खोजेको कुरा
नेपालबहस संवाददाता
भदौ १, २०८१ शनिबार १३:१२:२
१ भदौ, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजन गराउने कोसिस गरिरहेको भन्ने सूचना आफूसम्म आएको बताएका छन् । उनले शर्मा पार्टी फुटाउन खोजेको भन्ने कुरा आफूसम्म नै आएको र त्यसमा आफूले विस्वास गर्न नसकेको बताएका छन् । उनले अहिले सबै कुरा मिलिसकेकाले अब पार्टी फुट्ने आशंका नगर्न पनि कार्यकर्तामा आग्रह गरेका छन् ।
शनिबार पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा प्रचण्डले स्थायी समितिको बैठकपछि यो आशंका हटेको बताए । अब पार्टी विभाजन नहुने बरु एकताबद्ध भएर अघि बढ्ने स्पष्ट भएको उनले दावी गरे । उनले पार्टीकै मान्छेले जनार्दनले पार्टी फुटाउँदै छन भनेर सुनाउँदा आफू पनि अचम्ममा परेको बताए । आफू पनि संका गर्ने अवस्थामा पुगिसकेको भन्दै उनले स्थायी समिति बैठकको अन्त्यसम्ममा सबै आशंका हटेर गएको बताए ।
प्रचण्डले शर्मासँग भएको पछिल्लो छलफलमा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा नै कुराकानी भएको भन्दै अब शंकट हटेको बताए । स्थायी समिति बैठकमा केही कमरेडले भिन्न ढंगले कुरा राख्नुभएको थियो । कमरेड जनार्दन शर्माले लिखित रूपमा प्रस्तुत गरेको दस्ताबेजमा फरक मत भनेर राख्नुभएको थिएन । त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन । उहाँले पनि यसलाई आफ्नो मतको रूपमा व्याख्या गर्दै अरूले मुखले भनेको तर आफूले लेखेर ल्याएको भन्नुभयो । त्यो बाहिर जाँदा तरंग भयो, उनले भने ।
फार्टी पुटाउने कुराले पार्टीमा तरंग ल्याइसकेको भन्दै उनले स्थायी समितिको अन्त्यसम्म आइपुग्दा त्यो मुख्य रूपमा सम्बोधन भयो, अब कसैले आशंका गर्नुपर्ने अवस्था नभएको बताए । शर्माले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले पनि आशंका गरेको बताए । विभिन्न मानिसहरूले आएर सुनाउँथे– पार्टी फुट्दै छ, फुटाउँदै छन्, विभिन्न तत्व मिलेका छन् । यसले यदाकदा के भयो भन्ने भएको थियो । तर, बैठक अन्त्यसम्म जनार्दन शर्माको पार्टी फुटाउने कुनै उद्देश्य पनि छैन, नियत पनि छैन भनेर उहाँले प्रष्ट पार्नुभयो, प्रचण्डले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार