सिटीवान टेलिभिजनले तेस्रो संस्करणको तीज गीत मेला गर्ने
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार ११:५५:२२
२ भदौ, काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सटीवान टेलिभिजनले महिलाहरूको महान चाड तीजलाई मध्यनजर यस वर्ष पनि सांस्कृतिक तीज गीत प्रतियोगिता गर्ने भएको छ ।
“तीजको वेला सिटीवानको सांस्कृतिक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१” नाममा टेलिभिजनले तीजका सांस्कृतिक पक्षहरुको संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो ।
टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोकका कारण नेपालीहरूका कतिपय सांस्कृतिहरु लोप हुन लागेको भन्दै सबैको संस्कृति संरक्षणमा टेलिभिजन लाग्ने धारणा राखिन् । पहिलो र दोस्रो संस्करणको अपार सफलता पछि यही भाद्र १५ र १६ गते बिहान ९ः०० वजे देखी तेस्रो संस्करणको प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा विशुद्ध नेपाली तीज प्रचलनका गीत र परिवेशलाई मान्यता दिँदै तीजलाई तीज जसरी नै मनाउनका लागि मेला आयोजना गरिएको प्रबन्ध निर्देशक श्रेष्ठको भनाई थियो । उनले भने–“ सिटीवानले हिन्दु नेपाली महिलाहरूले मनाउने तीज कस्तो हुनु पर्छ, दर संस्कृति के हो आदि विषयमा जानकारी दिँदै हामीले प्रत्येक वर्ष मेला आयोजना गर्ने लक्ष्यका साथ तेस्रो संस्करणको मेला संचालन गर्न लागेका हौं ।”
करिब ६० समुहको सहभागिता रहने अनुमान गरिएको सो प्रतियोगितामा विपद् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रबर्द्धन, सरसफाइ, वैदेशिक रोजगार, उधमशिलता, शिक्षाको महत्व, स्थानीय सरकार तथा लागु पदार्थ दुर्व्यसनी जस्ता सामाजिक बिषयलाइ प्राथमिकतामा राखेर आयोजना गरिने भएको छ ।
भदौको १५ र १६ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रम प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, सान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभुषा ५ हजार, उत्कृष्ट शब्द ५ हजार रहेको छ ।
निःशुल्क समूह दर्ता गरि आफ्नो संस्कृति प्रस्तुत गर्न अनुरोध गर्दै टेलिभिजनका अध्यक्ष पवन प्रजापतिले पछिल्लो अवस्थामा तीज सांस्कृतिको लोप हुन लागेको भन्दै मेला आयोजना गर्न लागेको जानकारी दिए । उनले टेलिभिजन स्थापना पनि राजनीति भन्दा माथि उठेर समाजको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतीका लागि सहकार्य गर्ने मुख्य उद्देश्य रहेको जानकारी पनि दिए ।
उनले भने–“गण्डकी प्रदेशमा सञ्चालन भएको टेलिभिजनले नेपालका विभिन्न संस्कृतिको संरक्षण र जर्गेना गर्दै समाजका हरेक उत्कृष्ट विषयहरूलाई आफ्नो विषय बनाएर सार्वजनिक कार्यक्रमहरू पनि आयोजना गर्ने उद्देश्य लिएको छ ।”
मेलाको अवसरमा तीज संस्कृति र आजको आवश्यकता शीर्षकमा प्रदेश स्तरीय राउण्ड टेवल कार्यक्रम संचालन गर्ने मेला संयोजक चिनु गुरुङले जानकारी दिए । उनका अनुसार मेलामा सहभागी सबैलाई दर संस्कृतिको बारेमा जानकारी दिने कार्यक्रम समेत रहेको छ ।
कार्यक्रम सम्पन्न गर्न करिव १२ लाख खर्च हुने छ भने सहभागी समूहलाई निःशुल्क टिम दर्ताको आव्हान पनि गरिएको छ । गत वर्ष भन्दा यस वर्ष स्कुल स्तरमा तीज सांस्कृतिको बारेमा जानकारी दिन विशेष गरि स्कुलले विद्यार्थीका समूहलाई पनि समावेश गर्ने योजना अनुसार काम भइरहेको कार्यक्रमका सह संयोजक सरला त्रिपाठीले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहनी सिंहको कन्सर्टको टिकट १० मिनेट मै सबै बिक्री
पुष २८, २०८१ आइतबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
लन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार