सलिम-जावेदको डकुमेन्ट्री ‘एंग्री यंग म्यान’ आउँदै
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार ११:५९:४५
२ भदौ, काठमाडौं । बलिउडका चर्चित पटकथा लेखक जोडी सलिम खान र जावेद अख्तरमा आधारित डकुमेन्ट्री सिरिज ‘एंग्री यंग म्यान’ अगस्ट २० मा रिलिज हुँदैछ ।
३ एपिसोडको यो सिरिज अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिनेछ । ‘एन्ग्री यंग म्यान’ सिरिजलाई नम्रता रावले निर्देशन गरेकी हुन्, जसले यसबाट निर्देशकको रुपमा डेब्यु गर्दैछिन् । एकै समयमा, यसको कार्यकारी निर्माताहरूमा जोया अख्तर, सलमान खान, फरहान अख्तर रहेका छन् ।
बलिवुडमा सलिम जावेदको जोडी निकै चर्चित जोडी हो । ७० र ८० को दशकमा कैयौं सुपरहिट फिल्म दिएको यो जोडी लामोसमय पछि आफ्नै डकुमेन्ट्रीका लागि साथ आएको हो । यसको पहल जावेद अख्तरकी छोरी जोया अख्तरले गरेकी हुन् ।
लामो समयपछि सलिम खान र जावेद अख्तरलाई सँगै ल्याउने पहल आफूले नै गरेको जोयाले बताएकी छन् । यस पहलले सलिम-जावेदको जोडीले कसरी काम गर्थ्यो, उनीहरुको मित्रता कस्तो थियो भन्ने नयाँ पुस्तालाई जानकारी हुने उनले बताएकी छन् ।
सलिम र जावेदले १९७१ देखि १९८७ सम्म एक साथ २४ फिल्ममा काम गरेका थिए, जसमा २० फिल्म कमर्सियली सफल रहेका थिए । उनीहरुले यादोकी बारात, जंजिर, दीवर, शोले, काला पथ्थर, दोस्ताना, मजबूर, शीता और गीता, मिस्टर इन्डिया जस्ता फिल्म लेखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामचरणको गेम चेञ्जरलाई टक्कर दिँदै अघि बढ्यो बालकृष्णको ‘डाकु महाराज’
माघ २, २०८१ बुधबार
‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार
लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
बेलिब्रिज र रुप्से झरनाको दृश्य
माघ २, २०८१ बुधबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार