लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
नेपालबहस संवाददाता
भदौ ४, २०८१ मंगलबार ८:१२:४४
४ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । अपरान्ह १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् । एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका हुन् । प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिने भएका छन् ।
त्यस्तै मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रि जनमोर्चाले विश्वासको मत नदिने बताएका छन् । प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपहरण र बेपत्ता मुद्दाका अभियुक्त मन्त्री बादशाह कुर्मीले दिए राजीनामा
भदौ २५, २०८१ मंगलबार
बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै
भदौ २४, २०८१ सोमबार
लुम्बिनीका १२ जिल्ला पर्यटन सर्किटबाट जोड्ने योजना छः मुख्यमन्त्री आचार्य
भदौ २३, २०८१ आइतबार
‘भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ’
भदौ २९, २०८१ शनिबार
खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री लामा
भदौ २९, २०८१ शनिबार
काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौं : उपप्रधानमन्त्री सिंह
भदौ २९, २०८१ शनिबार
गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु
भदौ २९, २०८१ शनिबार
भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक छ : अध्यक्ष दाहाल
भदौ २९, २०८१ शनिबार
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
भदौ २९, २०८१ शनिबार