बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न जेलमा रहेका इमरानले दिए आवेदन
नेपालबहस संवाददाता
भदौ ४, २०८१ मंगलबार १२:४९:९
४ भदौं, काठमाडौं । एक वर्षदेखि पाकिस्तानको जेलमा रहेका इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् । इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुनु ।
बुखारीले भने कि इमरान चुनाव लड्न राजी भएका छन । उनले अक्सफोर्ड विश्वविद्यालयको चान्सलर चुनाव २०२४ को लागि आवेदन फारम बुझाएका छन्। यो निर्वाचन अक्टोबर २८ मा हुदैँछ । अक्सफोर्डको ८०० वर्षको इतिहासमा पहिलो पटक चान्सलरको निर्वाचनका लागि अनलाइन भोटिङ हुने भएको छ ।
बुखारीले भने, ‘यदि उनी चान्सलर बने भने उनी एसियाली मूलको पहिलो व्यक्ति हुनेछन्। यो पाकिस्तानका लागि मात्र नभई सम्पूर्ण एसिया र बाँकी विश्वका लागि ठूलो उपलब्धि हुनेछ।’ इमरान अक्सफोर्डका विद्यार्थी हुन् ।
चुनाव लड्नका लागि अगस्ट १८ सम्म दर्ता हुनुपर्नेछ । अक्सफोर्डले अक्टोबरको सुरुमा उम्मेदवारहरूको सूची जारी गर्ने जनाएको छ। अक्सफोर्डले अन्तिम सूची सार्वजनिक गरेको छैन तर केही रिपोर्टका अनुसार पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, थेरेसा मे र बोरिस जोन्सन पनि चुनाव लड्ने भएका छन् ।
यसबाहेक कुलपति पदका लागि केही महिलाले पनि आवेदन दिएका छन् । यदि यस पदमा छनोट भएमा विश्वविद्यालयको इतिहासमा उनी पहिलो महिला कुलपति हुनेछिन् ।
इमरान खान अक्सफोर्डका विद्यार्थी हुन् । उनले अक्सफोर्ड विश्वविद्यालयको केबल कलेजबाट सन् १९७२ मा अर्थशास्त्रमा डिग्री हासिल गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार
आन्ध्र प्रदेश स्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
बिहान खाली पेटमा मनतातो पानीसँग हिंग खानुका आश्चर्यजनक फाइदा
पुष २५, २०८१ बिहिबार