विश्वभर मंकीपक्सको जोखिम उच्च, कंगोमा ५७० जनाले ज्यान गुमाए
नेपालबहस संवाददाता
भदौ ४, २०८१ मंगलबार १७:३२:४६
४ भदौ, काठमाडौं । विश्वमा मंकीपक्स 'एमपक्स'को संक्रमण लगातार बढिरहेको छ । अफ्रिकी देश कंगोमा १६ हजारभन्दा बढीलाई मंकीपक्सको संक्रमण भएको छ ।
मिडिया रिपोर्टका अनुसार मंकीपक्सबाट कंगोमा मात्र अहिलेसम्म ५७० भन्दा बढीको मृत्यु भइसकेको छ । कंगोली सरकारले अमेरिका र जापानबाट खोप मागेको छ ।
मंकीपक्सको संक्रमण अफ्रिकी देशहरुमा लगातार बढेपछि विश्व स्वास्थ्य संगठनले हालै विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा यो रोग सुरु भएपछि छिमेकी देशहरूमा फैलिएको छ । अमेरिकाले कंगोलाई संक्रमणसँग लड्नका लागि ५० हजार खोप दिन आग्रह गरेको बताइएको छ । जापानले सोमबार मात्र बालबालिकाका लागि ३५ लाख खोप उपलब्ध गराउने बताएको छ ।
विश्व स्वास्थ्य संगठनले यो रोगसँग लड्न नयाँ निर्देशिका पनि जारी गरेको छ । मंकीपक्सको प्रकोप हुने क्षेत्रमा खोप लगाउने रणनीति अपनाउनुपर्ने डब्लुएचओले जनाएको छ । संगठनले मंकीपक्स र यसको फैलावटका घटनाहरूको छानबिन गर्न पनि आग्रह गरेको छ। डब्ल्यूएचओले स्वास्थ्य विभागलाई हरेक हप्ता नयाँ केसको रिपोर्ट तयार गर्न भनेको छ ।
मंकीपक्स पीडितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान, अनुगमन र सहयोग गर्नुपर्ने संस्थाले जनाएको छ । साथै संक्रमित मानिसहरूलाई खाना र अन्य सहयोग उपलब्ध गराउन तयार रहन समेत आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेनमा ’विजय’ नभएसम्म रूसको साथमा रहने उत्तर कोरियाको घोषणा
कात्तिक १६, २०८१ शुक्रबार
जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्नेलाई ६ महिनाको जेल सजाय
कात्तिक १६, २०८१ शुक्रबार
कमला ह्यारिसको र्यालीमा प्रसिद्ध गायिका लोपेज पनि सहभागी
कात्तिक १६, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार
खुल्ला देउसीभैलो प्रतियोगितामा सरस्वती सिस्ने महिला समूह प्रथम
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ : पूर्ण बस्नेत
कात्तिक १६, २०८१ शुक्रबार