विपद् जोखिम पूर्वतयारी र प्रतिकार्यसम्बन्धी १० बुँदे कर्णाली घोषणापत्र जारी
नेपालबहस संवाददाता
भदौ ४, २०८१ मंगलबार २२:१४:३०
४ भदौ, कर्णाली । पर्वतीय क्षेत्रमा विपद् उत्थानशीलताका लागि मानवीय सहायतादेखि उत्थानशील संरचना र प्रणाली निर्माणमा जोड दिनुपर्नेलगायत १० बुँदे विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी कर्णाली घोषणापत्र जारी गरिएको छ । किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा सुर्खेत वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको ‘विश्व मानवीयता दिवस–२०२४’ सम्बन्धी राष्ट्रिय सम्मेलनबाट आज ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको हो ।
घोषणा पत्रमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र पुनःस्थापनासम्मका काममा सङ्कटासन्न समूहको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सङ्घ, प्रदेश, स्थानीय सरकार र साझेदारबीच नीतिगत तथा कार्यान्वयन तहको समन्वय एवं सहकार्य गर्ने कुरामा प्रतिबद्धता व्यक्त गरिएको छ ।
विसं २०७२ मा गएको ‘गोरखा भूकम्प’ देखि २०८० को जाजरकोट बारेकोट भूकम्प प्रतिकार्यका लागि पूर्वतयारी, मानवीय सहायतादेखि उत्थानशील, पुनःनिर्माण र पुनर्लाभबाट अमूल्य सिकाइ भएको तथा त्यसका आधारमा तीनै तहका सरकारले समन्वयात्मक रूपमा एकद्धार प्रणालीमार्फत राहत वितरणको प्रभावकारितामा अभिवृद्धि गरिने घोषणापत्रमा उल्लेख छ ।
यस्तै, नेपालको खाद्य प्रणालीको आधारशीलाका रूपमा रहेको कृषि क्षेत्रमा विपद्को समयमा उल्लेख्य अवरोध हुने गरेको सन्दर्भमा खाद्य सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न सङ्घ, प्रदेश र स्थानीय तहले विपद्को तयारीदेखि प्रतिकार्यसम्मका योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, स्थानीयस्तरमा रैथानेबाली प्रवद्र्धनमा जोड दिँदै कृषिमा हुन सक्ने जोखिमको क्षतिलाई न्यूनीकरण गर्न बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उल्लेख छ ।
जलवायु परिवर्तनका कारण चुनौतिपूर्ण बनेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यमा सबै संस्थाहरूको नीतिगत, संस्थागत र कार्यक्रमगत सहकार्य र साझेदारी आवश्यक भएको ठहर गर्दै नेपाल जस्तो पर्वतीय र भूपरिवेष्ठित मुलुकमा जलवायु परिवर्तनबाट हुन सक्ने नोक्सानीको क्षतिपूर्तिका लागि जोखिमको अध्ययनका साथै तथ्याङ्क प्रणालीलाई बलियो बनाउँदै अन्तर्राष्ट्रिय जगत्मा सशक्त आवाज उठाउनेलगायतका १० बुँदा घोषणापत्रमा समावेश गरिएका छन् ।
विपद् जोखिमका क्षेत्रमा राज्यको पूर्वतयारी पर्याप्त नभएकाले यसमा सबै क्षेत्रको समन्वय, सहकार्य र सहभागिता आवश्यक ठानी ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । जोखिममा काम गर्नेलाई सम्मान, सुरक्षा र पुरस्कृत गर्ने मार्गनिर्देशन निर्माण गरिने बताउँदै कार्यकारी प्रमुख पोखरेलले कर्णाली प्रदेशमा जोखिम न्यूनीकरणका लागि प्राधिकरणले प्राविधिक काम गर्न छलफल अगाडि बढाएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था
माघ १४, २०८१ सोमबार
सुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार