एक्शन फिल्मका लागि शाहिद र बिशाल फेरी एकसाथ
नेपालबहस संवाददाता
भदौ ५, २०८१ बुधबार ९:२१:१
५ भदौ, काठमाडौं । बलिवुड अभिनेता शाहिद कपूर र निर्माता निर्देशक विशाल भारद्वाजले सन् २००९ मा 'कमिने' र २०१४ मा 'हैदर' मा ठूलो पर्दामा सँगै काम गरेका थिए । दुवै चलचित्रले बक्स अफिसमा समेत शानदार कमाई गरेका थिए । अब फेरी निर्माता साजिद नाडियाडवालाले शाहिद र विशाललाई एक्शन-प्याक थ्रिलरको लागि एक साथ ल्याएका छन् ।
मिडिया रिपोर्टका अनुसार विशालको यो करियरको पहिलो एक्सन फिल्म हुनेछ । रिपोर्टका अनुसार साजिद नाडियाडवाला, शाहिद कपूर र विशाल भारद्वाजले एक एक्शन थ्रिलरको लागि हात मिलाएका छन् । यो मिशनमा आधारित एक्शन थ्रिलर फिल्म हुने बताइएको छ भने निर्माता नाडियाडवालाले यसलाई सबैभन्दा ठूलो तरिकामा प्रस्तुत गर्न लागेका छन् ।
रिपोर्टका अनुसार साजिद र विशालले यो भूमिकाका लागि शाहिद कपूर सबैभन्दा उपयुक्त रहेको विश्वास गरेका छन् । यति मात्र होइन, यो शीर्षकविहीन फिचर फिल्मका लागि ६ एक्शन सेट निर्माण गर्ने योजना पनि बनाइएको बताइएको छ । रिपोर्टका अनुसार शाहिद यस एक्शन थ्रिलरको कथाबाट प्रभावित भएर तुरुन्तै यो फिल्म गर्न राजी भएका थिए । फिल्मको छायांकन भारत र अमेरिकामा हुने बताइएको छ ।
अहिलेसम्म बनेका सबै चलचित्र भन्दा फरक ढंगले प्रस्तुत हुने यो चलचित्र आजका दर्शकका लागि बन्ने बताइएको छ । निर्माताहरूले ए-लिस्टर नायिकालाई मुख्य अभिनेत्रीको रूपमा कास्ट गर्न खोजिरहेका छन् । प्रि-प्रोडक्सनको काम सुरु भइसकेको छ र यो चलचित्र सन् २०२५ मा ठूलो पर्दामा आउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार