५ वर्षे हदम्याद राखेर भ्रष्टाचारको अनुसन्धान हुन सक्दैन, म नोटअफ डिसेन्ट लेख्छुः केसी
नेपालबहस संवाददाता
भदौ ५, २०८१ बुधबार १३:९:१७
५ भदौ, काठमाडौं । नेपाली कांग्रेस नेता तथा सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारको अनुसन्धान गर्ने विषयमा हदम्याद राख्न नसकिने बताएका छन् । उनले भ्रष्टाचार भएको विषय ५ वर्षभित्र अनुसन्धान सकिनुपर्ने र त्यसपछि गर्न नपाइने भन्ने कुरा गर्न नमिल्ने भन्दै हदम्याद राख्ने प्रस्ताव कुनै हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन २०५९ को संसोधन बिधेयक’ माथिको छलफलमा उनले यस्तो हदम्याद जस्तो कुरा स्वीकार गर्न नसकिने जनाए । यसले भ्रष्टाचार जोगाउन लागेको भन्ने देखाउँछ, ठूला भ्रस्टाचारका काण्ड छिपाउन लागि परेको भाष्य समाजमा बनाउन खोजिँदैछ । यस्तोबेला कानुन बनाउँदा विशेष ख्याल गर्नुपर्छ यो शब्द हटाउनुपर्छ, उनले भने ।
५ वर्षको हदम्याद राख्ने निर्णय भए आफूले नोट अफ डिसेन्ट लेख्ने केसीको चेतावनी छ । ‘भ्रष्टाचारको अनुसन्धानमा ५ वर्षको हदम्याद राख्ने कुरा भद्दा मजाक हो । कानुनी सजायबाट उन्मुक्ति दिने नियत नै गलत’, सांसद केसीले भने, ‘सबै कालखण्डको भ्रष्टाचार हेर्नुपर्छ । कुनै हालतमा ५ वर्षको हदम्याद स्वीकार्न सकिन्न । भ्रष्टाचारमा अनुसन्धानमा समयसीमा राखे असन्तुष्टि मात्रै होइन विद्रोह जन्मिने उनले बताए ।
कांग्रेसकै अर्का सांसद राजेन्द्र केसीले पनि भ्रस्टाचारको अनुसन्धानमा हदम्याद राख्न नसकिने बताए । बरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नियुक्तिमा समस्या रहेको उनको भनाइ छ । निजामती सेवाबाट अवकाश भएकाहरूलाई अख्तियार मा लैजादा समस्या भएको भनेर प्रश्न उठ्ने गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से १३.६५ अंकले बढ्यो
पुष २३, २०८१ मंगलबार
सुनको भाउ आज पनि स्थिर, चाँदीको बढ्यो
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार