पर्सा प्रहरीको ठूलो उपलब्धि : पहिलो महिनामै ८ करोडभन्दा बढीको भन्सार छली सामान र लागूऔषध बरामद
आबिद हुसेन
भदौ ५, २०८१ बुधबार १५:३:६
५ भदौ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको पहिलो महिनामा आठ करोड ३० लाख भन्दा बढीको भन्सार छली तथा चोरी पैठारीका सामान बरामद गरेको छ । वीरगञ्जसहित पर्सा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले श्रावण १ गतेदेखि ३२ गतेसम्म आठ करोड ३० लाख ३० हजार २६७ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको हो ।
पर्सा प्रहरीले पहिलो महिनामै चार करोड ८६ लाख २४ हजार आठ सय रुपैयाँ बराबरको विद्युतीय चुरोट 'इलेक्ट्रिोनिक भेप' बरामद गरेर ठूलो सफलता हात पारेको छ । साउन २५ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रेल्वेरोड बस्ने रामप्रसाद बैरेको पक्की घरको कोठाबाट प्रहरीले विद्युतीय चुरोट बरामद गरेको हो ।
उक्त घरमा कोठा भाडामा लिएर बस्ने भारत बिहारका सुदामा प्रसादले अनधिकृत रुपमा भण्डारण गरी राखेको प्रति कार्टुनन दुई सय पिसका दरले ७६ कार्टुनमा रहेको भेप बरामद गरिएको पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए । प्रहरी उपरीक्षक ढुङ्गेलले दिशा निर्देशलाई उपलब्ध गराएको पहिलो महिनाको मासिक कार्य प्रगति प्रतिवेदनअनुसार यही अवधिमा प्रहरीले लागूऔषध सम्बन्धी कसुरमा चार जना महिलासहित ३० जनालाई पक्राउ गरेको छ ।
एक महिनामै पर्साका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । नाईट्राजेपाम १८ ट्याब्लेट, नाईट्राभेट दुई हजार ८५६ ट्याब्लेट, ट्रामाडोल एक लाख २९ हजार ५०४ ट्याब्लेट, फेनारगन एक हजार ४८३ एम्पुल, नुरफिन एक हजार ४९९ एम्पुल, डाइजेपाम एक हजार ४८६ एम्पुल, चरेश १८ किलोग्राम र गाँजा ७६ किलोग्राम बरामद गरिएको प्रहरी उपरीक्षक ढुङगेलले जानकारी दिए । बरामद सामग्री वीरगञ्ज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।
प्रहरी उपरीक्षक ढुङ्गेलका अनुसार यही अवधिमा विगतका पुराना २६ वटा मुद्दा पनि फर्छौट गर्न पर्सा प्रहरी सफल भएको छ । साथै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १२७ वटा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको पनि उनले जानकारी दिए । प्रहरीले नागरिकप्रति विश्वास बढाउन तथा प्रहरीप्रतिको भ्रम र डर हटाउनका लागि प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाई छ ।
ट्राफिक तर्फ यही अवधिमा पर्सामा दुई हजार ६३८ वटा सवारी साधनलाई कारवाही गरिएको छ । जिल्ला ट्राफिक पहरी कार्यालय पर्साले कारवाही र जरिवानाबाट एक महिनामै २१ लाख १३ हजार एक रुपैयाँ राजस्व संकलन गरिएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपतराईमा तिहारः बढ्दो केराका थामको बजार
कात्तिक १५, २०८१ बिहिबार
लागुऔषध प्रयोगकर्तालाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा सरोकारवालाको जोड
कात्तिक १३, २०८१ मंगलबार
राहत वितरणको नाउँमा भ्रष्टाचार भइरहेको भन्दै कटहरिया नगरपालिकामा पुनः तालाबन्दी
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड
कात्तिक १५, २०८१ बिहिबार
जन्मना साथ शिशुका थप चार परीक्षण गरिने
कात्तिक १५, २०८१ बिहिबार