मेयरसहित ११ जना भ्रष्टाचारमा परेको कटहरिया नगरपालिकाभित्रका सबै बिद्यालयमा तालाबन्दी
नेपालबहस संवाददाता
भदौ ५, २०८१ बुधबार १६:५०:४२
सञ्जय मिश्रा
५ भदौ, रोतहट । तलव भत्ताको माग गर्दै बाल विकास शिक्षिका र विद्यालय कर्मचारीहरूले कटहरिया नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा तालाबन्दी गरेका छन् ।
कर्मचारी र शिक्षिकाले बिद्यालय समय अगावै बिद्यालयहरुको मूल गेटमा तालावन्दी गरेको कारण बुधबार पठनपाठन अवरुद्ध भएको कटहरिया १ माबी भासेढवाका प्रधानाध्यापक राममंगल यादवले बताए । तालाबन्दीका कारण कटहरियाको सम्पूर्ण माबी ५ निमाबि ५ र प्राबि १४ गरी २४ विद्यालयको पठनपाठन हुन नसकेको नगर शिक्षा संयोजक अनिलकुमार निधिले पुष्टि गरेका छन् ।
तलव भत्ताको मागगर्दै उनीहरू पछिल्लो एक महिना देखि आन्दोलित भएका छन्। जनै पूर्णिमा संगै रक्षाबन्धन पर्व परेका दिन सरकारले सार्वजनिक बिदा दिएको थियो । हिमाल देखी तराइसम्मका हिन्दु धर्मावलम्बीहरू आआफ्नो रिती अनुसार पर्व मनाएका थिए । तर कटहरिया स्थित तलब भत्ताको माग गर्दै शिक्षिका तथा बिधालय कर्मचारी धर्नामा बसेका थिए । हिजो मंगलबारसम्म तलब भत्ता नपाएमा आज बुधवारदेखि नगरको सम्पूर्ण सामुदायिक बिद्यालय बन्द गर्ने अग्रिम घोषणासंगै प्रेस विज्ञप्ती जारी गरेका थिए ।
नेपाल बिद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिको आयोजनामा शिक्षिका तथा बिधालय कर्मचारी गत आइतवारदेखि कार्यालय समय बिहान १० देखि ४ बजेसम्म नगरपालिका प्रांगणभित्र धर्नामा बसेका थिए ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक बर्ष २०७९!०८० को वैशाख देखि अषाढ मसान्तसम्मको न्यूनतम थप तलव, यस आर्थिक वर्षको वैशाखदेखि हालसम्मको तलब र प्रति महिना दुई हजारको दरले प्रोत्साहन भत्तासमेतको रकम निकासा हुनुपर्ने माग छ ।
कटहरियास्थित सम्पूर्ण सामुदायिक बिद्यालयहरुमा बिद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी ६४ जना कार्यरत रहेका छन । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल, उपमेयर रितादेवी यादवसहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर झण्डै ३ महिना अघि निलम्बित भएपछि बाल विकास शिक्षिका तथा बिधालय कर्मचारी तलब सुबिधा पाउन बाट बञ्चित भएका छन ।
गत आर्थिक बर्षको अन्तिम महिना असारमा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले चासो न लिएको कारण तलब सुबिधा पाउन नसकेको उनीहरूको आरोप रहेको छ । करार तथा दैनिक ज्यालादारीको नाउँमा मेयर जैसवालले बार्षिक करोडौं रकम निकासा गराउँछन्। तर दिनरात मिहिनेत गरेका बिद्यालय कर्मचारी तथा बालविकास शिक्षिकाको तलब भत्ता निकासा गराउन मेयर जैसवाल संगै नगर शिक्षा संयोजक अनिल कुमार निधिले समेत चासो न देखाएको पीडितहरुले गुनासो गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार