माओवादी केन्द्र बागमती प्रदेशका पदाधिकारीसहितको परामर्श बैठक सुरु
नेपालबहस संवाददाता
भदौ ५, २०८१ बुधबार २१:१८:४५
५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक आजदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरू जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेललगायतका नेता सहभागी थिए।
पार्टीको पदाधिकारी र स्थायी समितिले गरेका निर्णय सम्प्रेषण गर्ने र पार्टी सङ्गठन सुधारलगायत कार्यसूचीमा छलफल गर्नेगरी बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ । बैठकमा अध्यक्ष दाहालले पार्टी निर्माण एवं सङ्गठन विस्तारमा शीर्ष नेतृत्वदेखि कार्यकर्ता तहसम्म नै परिचालित हुने बताए । पार्टी निर्माणका क्रममा एकताबद्ध भएर अगाडि बढ्न उहाँले निर्देशनसमेत दिए ।
आफ्नो नेतृत्वको सरकार उच्च मनोबलका साथ बाहिरिएको र आम नेपाली जनतामा राम्रो छाप परेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुशासन, समृद्धि र आर्थिक विकासको मुद्दालाई प्रभावकारी रूपमा अगाडि बढाइएका कारण सरकार हटाइएको जिकिर गरे । पार्टी केन्द्रीय समितिको पूर्ण बैठक अगाडि माओवादी केन्द्रले तयारीस्वरूप हरेक प्रदेशमा परामर्श बैठक गर्ने निर्णय गरेको थियो । बैठक भोलिससम्म बस्नेछ ।
माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्ष सरल सहयात्री (पौडेल) कानुसार सङ्गठन निर्माण, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल प्रारम्भ भएको छ । माओवादी केन्द्रले आज र भोलि बागमती प्रदेश, यही भदौ ७ र ८ गते उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको बैठक कार्यतालिका तय गरेको छ ।
यस्तै यही भदौ ९ र १० मा गण्डकी प्रदेश, भदौ १२ र १३ मा सुदूपश्चिम प्रदेश, भदौ १४ र १५ मा कर्णाली प्रदेश, भदौ १६ र १७ मा लुम्विनी प्रदेश र भदौ १८ र १९ तीनवटै केन्द्रीय आयोगका पदाधिकारी र केन्द्रीय सदस्य तथा भदौ २२ र २३ गते मधेस प्रदेशका केन्द्रीय सदस्यको बैठक बस्ने कार्यतालिका छ । केन्द्रीय विभाग, प्रवास, ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकार समितिको बैठकको समेत कार्यतालिका तय गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार
चट्टाने पहाडको कापमाथिबाट झरेको फुङफुङे झरना
मंसिर १३, २०८१ बिहिबार
जाडो छल्न आएका चखेवा
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार