मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने न्यूरालिङ्कको दोस्रो परीक्षण सफल
नेपालबहस संवाददाता
भदौ ६, २०८१ बिहिबार ११:५०:१
६ भदौ, काठमाडौं । एलन मस्कको न्यूरालिङ्कले पक्षाघात भएका बिरामीहरूको लागि मस्तिष्क चिप्स बनाउन काम गरिरहेको छ । यस विषयमा न्यूरालिङ्कले दोस्रो परिक्षण सफल भएको जानकारी दिएको छ ।
न्यूरालिङ्कले वायरलेस चिप्स बनाएको छ, जसको मद्दतले शारीरिक रूपमा अशक्त बिरामीहरूले सामान्य रूपमा काम गर्न सक्ने बताएको छ ।
मस्कको ब्रेन टेक्नोलोजी स्टार्टअप न्यूरालिङ्कले मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने दोस्रो परीक्षण सफल भएको दाबी गरेको छ । दोस्रो परीक्षणमा पनि बिरामीलाई कुनै समस्या नपरेको कम्पनीले दाबी गरेको छ । यसअघि पहिलो परीक्षणमा मस्तिष्कको चिप प्रत्यारोपण गरिएको बिरामीमा थ्रेड रिट्र्यासनको समस्या देखिएको थियो ।
न्यूरालिङ्कले पक्षाघात भएका बिरामीहरू वा मेरुदण्डमा चोट लागेको व्यक्तिहरूको लागि मस्तिष्क चिप्स बनाउन काम बर्षौदेखि गरिरहेको छ । पहिलो परीक्षणको क्रममा, बिरामी नोल्याण्ड अर्बाग, जसमा न्यूरालिङ्कले जनवरीमा उनको मस्तिष्कमा चिप प्रत्यारोपण गरेको थियो, केही समय पछि थ्रेड रिट्र्यासनको समस्या विकसित भयो । शल्यक्रिया पछि, अर्बागको मस्तिष्कमा रहेको धेरै साना फाइबरहरूमा संकुचनको समस्या देखियो । यसले मस्तिष्क संकेतहरू मापन गर्ने इलेक्ट्रोडहरूको संख्यामा गिरावट ल्यायो ।
चिप प्रत्यारोपण गरेपछि बिरामीको अवस्थामा सुधार आएको थियो । मिडिया रिपोर्टका अनुसार जनावरहरूमा परीक्षण गर्दा धागो फिर्ता हुने समस्या पनि देखिको थियो । अब कम्पनीले दोस्रो परीक्षणमा यस्तो समस्या नआएको दाबी गरेको छ ।
रिपोर्टमा न्यूरालिङ्कद्वारा डिजिटल चिप प्रत्यारोपण गरिएको पहिलो बिरामीले अब भिडियो गेमहरू खेल्न, इन्टरनेट पहुँच गर्न, सोशल मिडियामा पोस्ट गर्न, आदि गर्न सक्षम रहेको उल्लेख गरिएको छ । गत महिना मात्रै अर्को बिरामीमा चिपको परीक्षण गरिएको थियो।
न्यूरालिंक एउटा ब्रेन(चिप स्टार्टअप हो, जसको स्थापना सन् २०१६ मा एलोन मस्कले गरेका थिए । यस स्टार्टअप अन्तर्गत, एक सिक्का आकारको उपकरण ९चिप० शल्यक्रियाको सहयोगमा मानव मस्तिष्कमा प्रत्यारोपण गरिएको छ । जसको धेरै पातलो तारहरू मस्तिष्कमा जान्छ र ब्रेन(कम्प्यूटर इन्टरफेसको विकास गर्दछ । यो डिस्कले मस्तिष्क गतिविधि दर्ता गर्छ र यसलाई साधारण ब्लुटुथ जडान मार्फत स्मार्टफोन जस्ता उपकरणमा पठाउछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५० अर्ब डलरको अमेरिकी टिकटक मस्कलाई बेच्दै
माघ १, २०८१ मंगलबार
अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्धको घोषणा
पुष २९, २०८१ सोमबार
टर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
वाईल्ड लाईफ फोटोग्राफर शेर्पालाई झण्डा ओडाएर सम्मानसहित गरियो अन्तिम बिदाइ
माघ २, २०८१ बुधबार
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री ओली
माघ २, २०८१ बुधबार
तोरी फुलेर मनमोहक बनेको रत्नेचौर
माघ २, २०८१ बुधबार
बलम्बुस्थित 'बहुप्राविधिक शिक्षालय’को प्रयोगशाला
माघ २, २०८१ बुधबार
मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
बाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार