सीमा सुरक्षाका लागि अग्रस्थानमा रहन सशस्त्र महानिरीक्षक अर्यालको निर्देशन
नेपालबहस संवाददाता
भदौ ६, २०८१ बिहिबार २२:६:२६
६ भदौ, चितवन । सीमा सुरक्षा र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीलाई सधैँ अग्रस्थानमा रहन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिएका छन् । चितवनको भण्डारमा आज आयोजित सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर, भण्डारा, चितवनको सातौँ स्थापना दिवसको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले यस्तो निर्देशन दिएका हुन् ।
राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले विपद् र सीमा सुरक्षाका सवालमा सशस्त्र प्रहरीको भूमिका अनुकरणीय रहेको बताए । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जनताको सेवामा सशस्त्र प्रहरीले पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै पहाडी क्षेत्रसँग जोडिएका नगरपालिका र गाउँपालिकामा सशस्त्र प्रहरीको सक्रियता बढाउन माग गरे ।
दोलखाको विगु गाउँपालिका प्रमुख सञ्जीव ओलीले सीमा सुरक्षाका सवालमा सशस्त्र प्रहरीको योगदान महत्त्वपूर्ण रहेको भन्दै प्रविधिमैत्री र कार्यालय व्यवस्थापनमा राज्यको लगानी बढाउन माग गरे ।सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालले अवकाश प्राप्त सशस्त्र र सिमलताल घटनाको उद्धार तथा खोजमा महत्त्वपूर्ण योगदान दिएका सशस्त्र प्रहरी टोलीलाई प्रशंसापत्रबाट विशेष सम्मान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार