सहकारी छानबिन विशेष समितिले रवि लामिछानेसँग लियो ९ घण्टा बयान
नेपालबहस संवाददाता
भदौ ८, २०८१ शनिबार ९:२४:४७
८ भदौ, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबार राती १ बजेसम्म बयान लिएको छ । समितिको कार्यालय सिंहदरबारमा अपरान्ह साढे ४ बजेदेखि शुरु भएको बयान राति १ बजेसम्म चलेको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् ।
तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले ९ घण्टासम्म लिइएको बयानमा लामिछानेले ५१ वटा प्रश्नको जवाफ दिएका छन् । समितिका सदस्यले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ प्रश्न सोधेका छन । जसमध्ये तथ्य र प्रमाणसहित सोधिएका कतिपय प्रश्न स्वीकार गरेपनि लामिछानेले अधिकांश प्रश्नमा उनी थाहा छैन, थाहा भएन, मेरो संलग्नता छैन, जीबी राईलाई थाहा होला भन्ने जस्ता जवाफ दिएका थिए ।
लामिछानेले आफू प्रबन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र कम्पनीको आर्थिक विषयमा जानकारी नरहेको समितिलाई बताएका छन् । यस अघि समितिले शुक्रबार नै गोरखा मिडिया नेटवर्कका संस्थापकमध्येका एक छविलाल जोशीसँग सोधपुछ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने
माघ २, २०८१ बुधबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार