भरत साहलाई खुमलटार बोलाएर प्रचण्डले भने, काम गर्न सक्नु भएन दल नेताबाट राजीनामा दिनू
नेपालबहस संवाददाता
भदौ ८, २०८१ शनिबार ११:३८:२३
८ भदौ, काठमाडौं । नेकपा माओवादीको मधेश प्रदेश संसदीय दलको विवाद थप चुलिएको छ । मधेस प्रदेश संसदीय दल नेता भरत साहमाथि अधिकांश दलका सदस्यले अविश्वास गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन निर्देशन दिएका हुन् ।
खुमलटारमा शनिबार बिहानको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरूङ लगायत अन्य पदाधिकारीहरू पनि सहभागी थिए । साह अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा अनियमितता गरेको, पार्टी संसदीय दलको कुरा नसुनेको र बजेटमा आफैले चलखेल गरेर बजेटमा गडबढी गरेको आरोप माओवादीकै सांसदहरूले लगाएका थिए ।
साहलाई प्रचण्डले दुई महिनाको समय दिएर राजीनामा दिन भनेका छन् । खुमलटारमा मधेस संसदीय दलका सदस्यहरूसँग शनिबार बिहान भएको छलफलपछि प्रचण्डले दल नेता साहलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएका हुन् । गत असार २५ गते ६ जना प्रमुख सचेतक फकिरा महतोसहित सांसदहरू जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले हस्ताक्षर गरी साह विरूद्धको अविश्वास प्रस्ताव उपनेता समिर भट्टराईलाई बुझाएका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार दल नेता साहविरूद्ध मधेसमा माओवादीका नौजना मध्ये ६ जना सांसदले अविश्वास प्रस्ताव बुझाएका थिए । सोही विषयमा छलफल गर्न प्रचण्डले पार्टीका सवै सांसदहरूलाई काठमाडौं बोलाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार