सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार १२:३१:०
९ भदौ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको छ । हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ ।
यस अघिनै बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगंज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल एवं नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेत स्थीत आफ्नै भवनबाट प्रदेश कार्यालय एवं क्लस्टर कार्यालयहरु सञ्चालनमा ल्याइसकेको छ ।
सुविधा सम्पन्न आधुनिक यस धनगढी उपमहानगरपालिका वडा नं।३ स्थित भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयका अलवा धनगढी शाखा समेत सञ्चालनमा आएको छ । हाल सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका वडा नं। ०४ मा सञ्चालनमा रहेको यस बैंकको धनगढी शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी ८०० मिटर दुरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।
आफ्नै भवनबाट कारोबार सञ्चालन भएको अवसर पारी बैंकमा आज अयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ज्यूले सुदूरपश्चिम स्थीत यस धनगढी उपमहानगरपालिकामा आफ्नै भवनबाट शाखा कार्यालय एवं प्रदेश कार्यालय सञ्चालन गर्न पाउनु बैंकको लागी एक कोशे ढुङ्गा भएको बताए र सुदूरपश्चिम प्रदेश बैंकको लागी एक महत्वपूर्ण व्यवसायीक केन्द्र रहेको र आगमी दिनमा अझ उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु लिएर आउने प्रतिवद्धता समेत व्यक्त गरे । समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरु कैलाली, डडेलधुरा, बझाङ, अछाम, दार्चुला, कञ्चनपुर र बैतडीमा गरी यस बैंकले १० वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ । सुविधा सम्पन्न यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआईसी एसियाले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
नेपाल बैंकले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार