समयमै शीतभण्डार निर्माण नहुँदा किसानको उत्पादन खेर जाँदै
रासस
भदौ ९, २०८१ आइतबार १३:२८:३९
अरुणकुमार यादव / रासस
९ भदौ, राजविराज सप्तरी । सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ । उक्त भवन निर्माण नहुँदा बर्सेनि किसानले उत्पदान गरेको तरकारी र फलफूल खेर जाने गरेको छ ।
सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवामा २०७५ पुसमा शीतभण्डार निर्माण कार्य सुरु भएको थियो । तीन हजार मेट्रिक टन क्षमता भएको उक्त सहकारी शीतभण्डार निर्माण समयमै निर्माण सम्पन्न नहुँका जिल्लाका किसान मारमा परेका छन् । झण्डै रु २८ करोड लागतको शीतभण्डार निर्माण कार्य २०७८ सालदेखि रोकिएको छ ।
बजेट अभावका कारण शीतभण्डार निर्माण कार्य बीचमै रोकिएको जिल्ला सहकारी सङ्घ सप्तरीका प्रबन्धक रमेशप्रसाद गुप्ताले जानकारी दिए । शीतभण्डार निर्माणका लागि आर्थिक वर्ष २०७६÷७७ मा सङ्घीय सरकारबाट रु ६ करोड ३६ लाख उपलब्ध भएको उनले बताए। “सङ्घीय सरकारले रु १० करोड ७५ लाख उपलबध गराउन बाँकी नै छ, रकम अभावले निर्माणको जिम्मा लिएको कम्पनीले काम गर्न छाडेको छ ।”
स्वीकृत कार्यक्रमअनुसार सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग थप बजेट उपलब्ध गराउन पटक पटक माग गर्दैआएको प्रबन्धक गुप्ता बताउँछन् । सो अन्तर्गत नवलपरासी र सप्तरीमा एकसाथ सहकारी शीतभण्डार निर्माण थालिएको थियो । नवलपरासीमा भने यसअघि नै शीतभण्डार निर्माण भएर प्रयोगमा समेत आइसकेको उनको भनाइ छ । सङ्घीय सरकारको ६० प्रतिशत अनुदान, सङ्घ संस्थाहरुको २० प्रतिशत तथा स्थानिय र प्रदेश सरकारको २० प्रतिशत अनुदानमा डेढ कट्ठा जग्गामा उक्त शीतभण्डार निर्माण गर्न थालिएको हो ।
शीतभण्डार अभावले केरा, आँप, आलु, प्याज, लसुनलगायत उत्पादन खेर जाने गरेको छ । किसानले जिल्ला बाहेक अन्य ठाउँमा लगेर आफ्नो उत्पादन बिक्री गर्न सकिरहेका छैनन् । “शीतभण्डार नहुँदा उत्पादन सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ, बिक्री नहुँदा उत्पादन त्यसै खेर जाने गरेको किसानको गुनासो छ”, प्रबन्धक गुप्ताले भने । बेमौसममा भने किसानले तरकारी र फलफूल महङ्गोमा किनेर खान बाध्य भएका उनको भनाइ छ ।
स्थानीय किसानले उत्पादन गरेको फलफूल र तरकारी सहकारीमार्फत् शीतभण्डारमा भण्डारण गर्ने योजनाका साथ सो शीतभण्डार निर्माण कार्य अघि बढाइएको प्रबन्धक गुप्ता बताउँछन् । “अहिले उत्पान खेर गइरहेको छ, सुरक्षित साथ राख्न सकिएको छैन”, उनले भने, “शीतभण्डारको सुविधा भएको खण्डमा बिक्री गर्न नसकिएको तरकारी र फलफूल लामो समयसम्म राख्न सकिन्छ, किसानले अत्यधिक लाभ लिनसक्ने अवस्था बन्थ्यो ।”
प्रबन्धक गुप्ताका अनुसार मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१÷८२ मा उक्त सहकारी शीतभण्डार निर्माणका रु आठ करोड बजेट विनियोजन गरेको छ । तर हालसम्म सो रकम भने प्राप्न हुन नसकेको उनको भनाइ छ । चाडो निर्माण कार्य सुरु गर्नुपर्नेमा जोड दिदै उनले जिल्लाका जिल्लामा उत्पादित कृषि उपज भण्डार गर्न शीतभण्डार नभइ नहुने प्रबन्धक गुप्ता बताउँछन् ।
शीतभण्डार निर्माणको जिम्मा पाएको शर्मा आशिष ओम साइराम, सानोठिमीले बजेट अभावकै कारण समयमै निर्माण सम्पन्न गर्न नसकिएको जनाएको छ । “यसअघि काम गरेको रु तीन करोड ५७ लाख प्राप्त गर्न बाँकी छ”, सो निर्माण कम्पनीका प्रतिनिधि सञ्जयकुमार मिश्रले भने । आर्थिक वर्ष २०७७÷७८ मा काम गरेको बील पेश गरेपनि त्यसको सुनवाइ नभएको उनको भनाइ छ ।
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार एजेन्सी हो । नेपालबहस डटकम राससको ग्राहक हो ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार