सानो भनेर हिन भाव देखाउने र अराजकता फैलाउन खोज्नेलाई पार्टी छाडेर जान माधव नेपालको चेतावनी
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार १६:२४:३०
९ भदौ, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र विभिन्न बहानामा अराजकता बढिरहेको भन्दै यस्तो छुट पार्टीले कसैलाई दिन नसक्ने बताएका छन् । उनले नेकपा एकीकृत समाजवादीलाई सानो पार्टी भयो भनेर हीन भावको द्वेष फैलाएर अराजकता सिर्जना गर्नेलाई पार्टी छाडेर जान पनि चेतावनी दिएका छन् ।
आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आवश्यक परे पार्टीबाट विदा गर्नुपर्ने बताए । उनले जे पायो त्यही बोलेर पार्टीमा बसिरहने स्थिति बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए । पहिलो चोटी चेतावनी दिउँ, दोस्रो पटक अन्तिम चेतावनी दिऊँ भन्दै उनले वैद्य र विप्लवको भन्दा एकीकृत समाजावदी सानो नभएको दावी गरे ।
नेपालले सानो पार्टी भनेर हिनताबोध नगर्न आफ्ना दलका नेताहरुलाई आग्रह गरे । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले सानो पार्टी भनेर धेरै गीत गाउन जरुरी नभएको बताए । सधैंभरि एउटै गीत सानो पार्टी, सानो पार्टी’ उनले अगाडि भने, ‘म त शब्द पनि सुन्न चाहन्न । त्यसपछि उनले अरु दलसँग तुलना गरे । ‘के सानो पार्टी, मजदुर किसान पार्टीभन्दा सानो छ ? मोहनबिक्रमजीको पार्टीभन्दा सानो छ, मोहन वैद्यको पार्टी भन्दा सानो छ ? विप्लवजीहरुको पार्टी भन्दा सानो छ ?’ नेपालले नेताहरुलाई प्रश्न गरे ।
हिजो आफूहरु भएको एमाले जत्रो मात्र नभएको उनले बताए । तर सानो भन्ने हिनाताबोध गरेर पार्टी नबन्ने भन्दै अध्यक्ष नेपालले भने, ‘पुष्पलालले त्यही गीत गाउनुभएको भए के हुन्थ्यो हालत ? हामीले कोके (कोअर्डिनेशन केन्द्र) बनाउँदा त्यही गीत गाएको भए के हुन्थ्यो हालत ?’
कोअर्डिनेशन केन्द्र (कोके) बनाउने समयमा आयोजित पहिलो बैठकमा झलनाथ खनाल, सीपी मैनाली र आफू मात्र भएको स्मरण गरे । उनले भने, ‘८ महिना सारेर बैठक गर्दा ८ जना ल्याउने भन्दा ६ जना भयौं ।’ हरेक पार्टी निर्माणको इतिहास कोर्दा आत्तिनुपर्ने केही नभएको नेपालले बताए । ‘अरु ठूला भनिएका पार्टीका नेताहरु हामीलाई भन्छन्, यो पार्टीलाई बलियो बनाउनुस्, हाम्रो सद्भाव छ’, उनले भने, ‘यसअर्थमा हामीले हिनताबोध गर्न आवश्यक छैन ।’
हिजो बिद्रोह गरेर ठीक गरेको भन्दै निराशाको गीत नगाउन आग्रह गरे । पार्टी छाडेर गएकाहरुको मात्र हिसाब नगर्न र आउनेहरुलाई पनि हेर्न उनले आग्रह गरे । अध्यक्ष नेपालले भने, ‘म संकेत मात्र गर्न चाहन्छु, अहिले ठूलो जमात विद्रोह गरेर आउने गरेको छ ।’ त्यसपछि पनि व्यवहारमा सुधार नआए पार्टीबाट निष्कासन गर्नुपर्ने उनले बताए । ‘यहाँ सारा वातावरण बिगार्छ भने त्यस्ता व्यक्तिलाई विदा गरौं’, उनले भने, ‘घर फोडुवाहरुले घर बलियो बनाउन सक्दैनन् ।’
पार्टीमा अराजक गतिविधि गर्नेहरुसँग उठबस नगर्न उनले अरु नेताहरुलाई समेत चेतावनी दिए । ‘त्यस्ता व्यक्तिहरुसँग बसेको देख्यो भने पनि ठीक हुने छैन’, अध्यक्ष नेपालले चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार